नेपाल बैंक र बुद्ध एयरबीच सम्झौता

नेपाल बैंक र बुद्ध एयरबीच सम्झौता

केन्द्रबिन्दु
18
Shares

काठमाडौँ । नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई बुद्ध एयरबाट प्रदान गरिने हवाई सेवा र कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट प्रदान गर्ने सम्झौतामा हस्ताक्षर भएको छ ।

सो सम्झौता बमोजिम बुद्ध एयरबाट प्रदान गरिने विविध सेवाहरूमा लाग्ने शुल्कहरूमा नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र नेपाल बैंक लिमिटेडका ग्राहकहरूलाई टिकट (बुद्ध एयर अफिस काउन्टर) शुल्कमा ८ प्रतिशत र नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरूलाई कार्गो सर्भिसमा ३० प्रतिशतले छुट हुने भएको छ ।

सम्झौता पत्रमा बैकका तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाशकुमार अधिकारी र बुद्ध एयरका तर्फबाट मार्केटिङ् निर्देशक रूपेश जोशीले हस्ताक्षर गरेका हुन् ।

यसबाट नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूले बुद्ध एयरबाट प्रदान गरिने हवाईका साथै कार्गो सर्भिसका विभिन्न शुल्कमा विशेष छुट सहित प्राप्त हुने सेवावाट लाभान्वित हुन सक्नेछन् ।

Logo