सर्वोत्तम सिमेन्टको छैटौँ वार्षिक साधारणसभा सम्पन्न

सर्वोत्तम सिमेन्टको छैटौँ वार्षिक साधारणसभा सम्पन्न

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । सर्वोत्तम सिमेन्ट लिमिटेडको छैटौँ वार्षिक साधारणसभा रूपन्देहीको सिद्धार्थ नगरपालिका भैरहवास्थित होटल सिद्धार्थ भिलासामा सम्पन्न भएको छ ।

सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन सहितको आव २०८०–०८१ को वित्तीय विवरण, आर्थिक वर्ष २०८१–०८२ को लेखापरीक्षकको नियुक्तिको प्रस्ताव सहित कम्पनीले आफ्नो चुक्ता पुँजीको ७ प्रतिशतका दरले हुन आउने बत्तीस करोड पचपन्न लाख रुपैयाँबराबरको बोनस शेयर र चुक्ता पुँजीको ३ प्रतिशतका दरले हुन आउने तेह्र करोड पचानब्बे लाख रुपैयाँ (लाभांश कर सहित) नगद लाभांश वितरण गर्ने प्रस्ताव पनि स्वीकृत गरेको छ ।

Skip This
Skip This
Logo