माछापुच्छ्रे क्यापिटलको पाँचौं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्री सहयोग

माछापुच्छ्रे क्यापिटलको पाँचौं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्री सहयोग

केन्द्रबिन्दु
15
Shares

काठमाडौँ । माछापुच्छ्रे क्यापिटल लिमिटेडको पाँचौं वार्षिकोत्सवको अवसरमा द्योमाँ जगत वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग गरेको छ ।

माछापुच्छ्रे क्यापिटलले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने योजना अनुरुप, आज ४ गतेका दिन चण्डेश्वरी मार्ग, बोडे, भक्तपुर स्थित “श्री द्योमाँ जगत वृद्धाश्रम” मा आश्रित वृद्धवृद्धाहरुको स्वास्थ्य तथा जाडो महिनालाई मध्यनजर गर्दै सहयोग स्वरुप ६ थान हिटर, तथा खाद्यान्न सामाग्रीहरु वितरण गरेको हो ।

यस कार्यक्रममा वृद्धाश्रमका तर्फबाट वृद्धाश्रम समितिका अध्यक्ष प्रेम चन्द अदुवा श्रेष्ठ तथा मध्यपुर ठिमी नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठ उपस्थित रहेको थियो भने क्यापिटलका तर्फबाट अध्यक्ष विश्वम्भर न्यौपाने, तथा प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार का साथै कर्मचारीहरु उपस्थित रहेको थियो ।

माछापुच्छ्रे  क्यापिटल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न कार्यक्रमहरु गर्दै आएको छ । यसै सन्दर्भमा आफ्नो स्थापनाको पाँचौँ वार्षिकोत्सवको अवसरमा क्यापिटलले आफ्नो स्थापनाको ५औं वर्षको वार्षिकोत्सव माघ महिनाभरी रक्तदान, वित्तीय साक्षरता, सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सहयोग लगायतका विविध कार्यक्रमहरु आयोजना गरी भव्यताका साथ मनाइरहेको छ ।

माछापुच्छ्रे  क्यापिटल लिमिटेड, माछापुच्छ्रे बैंक लिमिटेडको सहायक कम्पनी हो । पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) कम्पनी, माछापुच्छ्रे क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्ड मार्फत धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन, संस्थागत परामर्श सेवा, निक्षेप सदस्य, सामूहिक लगानी कोषको सेवा प्रदान गरिरहेको छ ।

Skip This
Skip This
Logo