मेक इन नेपाल र नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो सफलतापूर्वक सम्पन्न

मेक इन नेपाल र नेपाल पश्मिना अन्तर्राष्ट्रिय एक्स्पो सफलतापूर्वक सम्पन्न

केन्द्रबिन्दु
30
Shares

काठमाडौं । नेपाली उत्पादनको प्रवर्द्धन र व्यापार गर्ने उद्देश्यले माघ १० गतेबाट सुरु भएको तीन दिने ‘मेक इन नेपाल एक्स्पो–२०८१’ तथा ‘नेपाल पश्मिना इन्टरनेशनल एक्स्पो–२०२५’ सम्पन्न भएको छ ।

पश्मिना उद्योग संघको आयोजना तथा नेपाल उद्योग परिसंघको सहकार्यमा एवम् राइजिङ्ग नेपाल प्रा.लि.को व्यवस्थापनमा भृकुटीमण्डपमा आयोेजना गरिएको मेला आज सफलतापूर्वक सम्पन्न हो ।

प्रदर्शनीमा १५० भन्दा बढी स्वदेशी स्टलहरू रहेका थिए, जसमा ४० भन्दा बढी शुद्ध नेपाली पश्मिनाका स्टलहरु, च्याङ्ग्रादेखि पश्मिनासम्मको प्रत्यक्ष निर्माण प्रक्रिया, स्वदेशी लुगा तथा पश्मिनाको फेशन शो र नेपाली रैथाने खानाका परिकारहरु राखिएका थिए ।

मुस्ताङबाट च्याङ्ग्रा ल्याएर फाम टू फाइबर कसरी तयार हुन्छ, फाइबर टू फेसन देखाउने उद्धेश्यले प्रर्दशनी गरिएको मेला सफलतापूर्वक सम्पन्न भएको नेपाल पश्मिना संघका अध्यक्ष धनप्रसाद लामिछानेले जानकारी दिए । पश्मिना मेला नेपालमा पहिलो पटक आयोजना भएको हो ।

नेपालीहरुलाई सक्कली पश्मिनाको बारेमा जानकारी दिन, स्वदेशी उद्योगहरुलाई प्राथमिकता दिन एक्स्पो गरिएको अध्यक्ष लामिछानेले जानकारी दिए । उनले अवलोकनकर्ताहरुले प्रदर्शनीमा आएर सकारात्मक प्रतिक्रिया दिएको बताउँदै भविष्यमा पनि यस्तै प्रदर्शनी आयोजना गर्ने प्रतिबद्धता जनाए ।

Logo