हेटौंडा-काठमाडौं किटोनका ३० माइक्रोबस चल्ने, शशीला मोटर्सले गर्‍यो हस्तान्तरण

हेटौंडा-काठमाडौं किटोनका ३० माइक्रोबस चल्ने, शशीला मोटर्सले गर्‍यो हस्तान्तरण

केन्द्रबिन्दु
102
Shares

काठमाडौं । शशीला मोटर्स प्रालिले राष्ट्रिय स्वतन्त्र मल्टिप्रपोज व्यवासायी प्रालिलाई ३० वटा किटोन ब्राण्डका १४ सिट क्षमताका विद्युतीय भ्यान हस्तान्तरण गरेको छ । ती गाडीहरु ठोरी, हेटौंडा हुँदै काठमाडौंसम्म चल्नेछन् ।

गाडी हस्तानन्तरण गर्दै शशीला मोटर्स प्रालिका प्रबन्ध निर्देशक सन्तोष खतिवडाले बिक्री पछिको सर्भिसलाई सहज बनाउनु आफ्नो प्राथमिकतामा रहेको बताए । उनले भने, “अगामी दिनमा ग्राहकलाई उच्चतम सेवा र गुणस्तरीय गाडी प्रदान गर्ने हाम्रो प्रतिबद्धता रहिरहनेछ ।”

उनले उक्त सवारी हस्तान्तरणले नेपालको यातायात क्षेत्रलाई अझ दिगो र वातावरणमैत्री बनाउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।

सिमरा उपमहानगरपालिकाका मेयर राजन पौडेलले अहिलेको समयमा विद्युतीय गाडी निर्बिकल्प रहेको भन्दै ब्यवसायीहरुलाई सफलताको शुभकामना दिए । उनले भने, “इभी गाडीहरूले देशको ऊर्जा प्रणालीलाई अझ प्रभावकारी बनाउने र पर्यावरणमैत्री यातायातको प्रवृत्तिलाई प्रोत्साहित गर्ने महत्त्वपूर्ण कदम हो।’’

कार्यक्रममा व्यवसायीहरुले पछिल्लो समय देशभर विद्युतीय यातायातप्रति आकर्षण बढ्दै गएको बताउँदै यसले वातावरणमा समेत सकारात्मक प्रभाव पार्ने दाबी गरे उनीहरुले परम्परागत इन्धनको तुलनामा विद्युतीय गाडीहरू सञ्चालन खर्चमा किफायती रहेको र जसले दीर्घकालीन रूपमा व्यवसायलाई फाइदा पुर्याउने बताए ।

यस हस्तान्तरणले इभी गाडीहरूको प्रचलन बढाउन र देशको ऊर्जा स्रोतहरूको अधिकतम प्रयोग गर्न महत्त्वपूर्ण योगदान पुर्याउने अपेक्षासमेत गरिएको छ ।

Skip This
Skip This
Logo