काठमाडौं । भृकुटीमण्डपमा जारी ‘क्यान ईन्फोटेक मेला–२०२५’ को आज दोस्रो दिन हो ।
क्यान महासंघको आयोजनामा बिहीबारबाट सुरु भएको यस मेलामा अवलोकनकर्ताको उत्साहजनक सहभागिता रहेको छ । आईटीका १५० वटा स्टलहरु रहेकोमा करिब १३० स्टलहरुमा एआईका नविनतम् प्रविधिहरु राखिएका छन् ।
विभिन्न कलेजका विद्यार्थीले बनाएको रोबोट, स्याटलाइट जस्ता नविनतम प्रविधिहरु प्रदर्शनीमा राखिएका छन् । क्यान एक्सपोमा सर्वसाधारणको सहजताका लागि राष्ट्रिय परिचय पत्रको स्टल पनि राखिएको छ । जसमा अवलोकनकर्ताहरुले नागरिकता लिएर एकैछिनमा सरल र सहज रुपमा परिचयपत्र बनाउन सक्छन् ।
राष्ट्रिय पञ्जिकरण विभागमा गएर राष्ट्रिय परिचयपत्र बनाउँदा पहिला अनलाईन फाराम भरेर समय लिएर वायोमेट्रिकको लागि जानुपर्छ । तर क्यान मेलामा राष्ट्रिय परिचयपत्र बनाउँदा पञ्जिकरणका पदाधिकारीहरुले नागरिकताको आधारमा फाराम भरिदिन्छन् ।

सोही समयमा एकै ठाँउमा वायोमेट्रिक हुन्छ र तत्कालै राष्ट्रिय परिचयपत्र नम्वर भएको फोटो र वायोडाटा सहितको डकुमेन्ट प्राप्त गर्न सकिन्छ ।
त्यसैगरी मेलामा कता हो मोवाइल एपको पनि स्टर रहेको छ । यो एपलाई अहिले सम्म १०० लाख भन्दा बढिले स्टल गरिसकेका छन् । कुनै पनि वस्तु हराएमा सजिलै भेटाउन सकिने र कुनै पनि स्थानको सहि लोकेसन दिन्छ । यदि कुनै व्यक्ति समस्यामा छ भने उक्त व्यक्तिले एमा भएको साइरनको सहायताले सहयोग पनि माग्न सक्छ ।
क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेले क्यान कुम्भ मेला सूचना प्रविधिको प्रदर्शनी भएको बताइन् । उनले भनिन्, “यस मेलाले विश्वबजार र स्थानीय बजारमा आएका नवीनतम् प्रविधि र अभ्यासबारे एकै थलोमा हेर्न, बुझ्न र छलफल गर्न सम्भव भएको छ ।”

३ लाख अवलोकनकर्ताले अवलोकन गर्ने अपेक्षा राखिएको क्यान इन्फोटेक मेलामा उपस्थित कम्पनीहरूले वस्तु खरिद एवं बुकिङमा १० देखि ७० प्रतिशतसम्म छुट प्रदान गरिरहेका छन् । सूचना प्रविधि क्षेत्रका विश्वस्तरीय ब्राण्डसँगै दूरसञ्चार तथा इन्टरनेट सेवा प्रदायक, नेटवर्क तथा सेक्युरिटी सेवा प्रदायक, फिन्टेक प्रविधि, ईकमर्स, आईटी तालिम प्रदायकमा अवलोकनकर्ताहरुले विशेष चासोका साथ अवलोकन गरेको पाइएको छ ।
त्यसैगरी विभिन्न क्षेत्रका लागि विकास गरिएका सफ्टवेयर तथा म्यानेजमेन्ट सिस्टम, अनलाइन लर्निङ टुल, राइड शेयरिङ एप लगायतसँग सम्बन्धित स्टलहरूमा समेत अवलोकनकर्ताको विशेष चासो देखिएको छ ।































प्रतिक्रिया