नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको साधारण शेयर बाँडफाँड

नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीको साधारण शेयर बाँडफाँड

केन्द्रबिन्दु
33
Shares

काठमाडाैं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले आइपीओ बाँडफाँट सम्पन्न गरेको छ । श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि जारी गरेको २ लाख २५ हजार कित्ता आइपीओ आज बाँडफाँट भएको हो ।

कम्पनीको आफ्नो जारी पूँजी ७५ करोडको ३० प्रतिशतले हुन आउने २२ करोड ५० लाखबराबरको प्रति शेयर अंकित मूल्य १०० रुपैयाँ दरका कूल २२ लाख ५० हजार कित्ता साधारण शेयर मध्ये १० प्रतिशत अर्थात २ लाख २५ हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपालीहरुका लागि माघ ८ गते देखि २२ गतेसम्म निष्काशन तथा बिक्री खुल्ला गरिएको थियो ।

उक्त अवधिभर प्राप्त हुन आएको रितपूर्वक ४५,९०६ आवेदनहरु मध्ये जम्मा २२,५०० जना आवेदकहरुलाई “धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका, २०७४” मा भएको व्यवस्था को अधिनमा रहि माघ २९ गते निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेडको परिसरमा बाँडफाँड गरिएको हो ।

Logo