एमजी एस-५ को नेपाली बजारमा अर्को साताबाट बुकिङ खुल्ने

एमजी एस-५ को नेपाली बजारमा अर्को साताबाट बुकिङ खुल्ने

केन्द्रबिन्दु
90
Shares

काठमाडौं । एमजीको बहुप्रतिक्षित विद्युतिय एसयुभी एस–५ को अर्को साता बुकिङ खुल्ने भएको छ । एस–५ भन्सार नाकामा आइपुगेको र अर्को साताबाट बुकिङ खुल्ने भएको हो ।

अन्तराष्ट्रिय बजारमा ४९ र ६२ किलोवाट आवर ब्याट्री प्याकमा उपलब्ध एस–५ को संभवत दुबै भेरिएन्ट नेपाल आउनेछ । सिएलटिसीका अनुसार यस कारको रेन्ज क्रमश ४२५ र ५२० किलोमिटर दाबी गरिएको छ ।

कम्पनीले यसमा लिथियम आइरन फस्फेट ब्याट्री दिएको हो । रियर ह्विलमा मोटर राखिएको यस कारको मोटर क्षमता भने १२५ किलोवाट छ । ७.२ किलोवाट क्षमताको चार्जरले यसलाई ८ घन्टामै फुल चार्ज गर्न सकिन्छ ।

४४७६ एमएम लामो, १८४९ एमएम चौडा र १६२१ एमएम अग्लो एस–५ मा २७३० एमएम लामो ह्विलवेश दिइएको छ । यस गाडीको फ्रन्ट लुक्स निकै बल्कि र स्पोर्टी देखिन्छ भने साईड प्रोफाइल र रियर लुक्स समेत निकै आकर्षक छ ।

Logo