९ अर्ब युआनको लगानीसहित स्मार्ट ईभी निर्माताहरूमा एक्स्पेङ अग्रसर

९ अर्ब युआनको लगानीसहित स्मार्ट ईभी निर्माताहरूमा एक्स्पेङ अग्रसर

केन्द्रबिन्दु
27
Shares

काठमाडाैं । प्रमुख चिनियाँ स्मार्ट इलेक्ट्रिक भेहिकल (एव्) निर्माता एक्स्पेङ मोटर्सले २०२५ मा अनुसन्धान र विकासमा ९ अर्ब युआनभन्दा बढी लगानी गर्ने योजना घोषणा गरेको छ।

एक्स्पेङ को अनुशन्धान र विकास रणनीतिको प्रमुख विशेषता आफ्नै सेमिकन्डक्टर चिपहरूको विकास र उत्पादन हो। चिप उत्पादनलाई स्वदेशी बनाउँदै, कम्पनीले आफ्नो आपूर्ति श्रृंखला अनुकूलन गर्ने, सवारी साधनको प्रदर्शन सुधार गर्ने, र स्मार्ट ड्राइभिङ प्रविधिमा आफ्नो नेतृत्वलाई मजबुत बनाउने लक्ष्य राखेको छ ।

कम्पनीले आफ्नो उच्च-प्रदर्शनको क्षमतायुक्त ट्यूरिङ चिपको व्यापक उत्पादन गर्ने योजना बनाएको छ, जुन गाडी, उड्ने सवारी साधन, र रोबोटहरूमा लागू गर्न सकिन्छ । यस लगायत एक्स्पेङ ले सेल्फ ड्राइभिङ प्रविधिमा नेतृत्व कायम राख्दै एल ३ स्तरको सेल्फ ड्राइभिङ क्षमता आफ्ना सवारी साधनहरूमा समावेश गर्ने योजना बनाएको छ।

अध्यक्ष र सीईओ, ह स्याओपेंगका अनुसार, यो प्रविधिले चालक सहायता प्रणालीलाई सुधार गर्नेछ, सडक सुरक्षालाई वृद्धि गर्नेछ, र एक्स्पेङ लाई स्मार्ट यातायातमा अग्रिम श्रेणिमा स्थापित गर्नेछ।

एक्स्पेङले आफ्नो अन्तर्राष्ट्रिय उपस्थिति विस्तार गर्दै २०२४ मा १९०,०६८ वटा गाडी बिक्री गरेको छ र हालै फिनल्यान्ड बजारमा पनि प्रवेश गरेको छ। कम्पनीले २०२५ मा ६० भन्दा बढी देशहरूमा विस्तार गर्ने योजना बनाएको छ, जसले यसको विश्वव्यापी उपस्थिति अझ बलियो बनाउनेछ।

Skip This
Skip This
Logo