काठमाडौं । सागर ग्रुपले आयोजना गरेको ‘बेलियो एक्सपेरियन्स टेक्नोलोजी एण्ड लाइफस्टाइलः मिट एण्ड ग्रिट एक्स्पो–२०२५’ सम्पन्न भएको छ । बेलियो एक्सपेरियन्स सेन्टर कलंकीमा माघको २३ गतेदेखि आयोजना भएको उक्त एक्स्पो आजदेखि (माघ ३० गते) सम्पन्न भएको हो ।
एक्स्पो सम्पन्न गर्ने मिति हिजो अर्थात् २९ गते भएता पनि अवलोकनकर्ताको मागलाई मध्यनजर गर्दै एक्स्पो एक दिनको लम्ब्याएर आज सम्पन्न गरिएको सागर ग्रुपका बिजनेश डेभलपमेन्ट म्यानेजर सुमित भाजु लामाले जानकारी दिए । तेस्रो संस्करणको यस एक्स्पोमा अवलोकनकर्ताको उल्लेखिय उपस्थिति हुनुका साथै एक्स्पो अपेक्षाभन्दा उत्कृष्ट भएको बताइएको छ ।
‘एक्स्पो हाम्रो अपेक्षाभन्दा राम्रो भएको छ, अवलोकनकर्ताको उत्साहजनक उपस्थितिले एक्स्पो निकै उपयोगी भएको हामीले महशुस गरेका छौं,’ उनले भने । लामाका अनुसार ८ दिन सञ्चालन भएको यो एक्स्पोमा प्रत्येक दिन १०० जनाले अवलोकन गरेका छन् ।
आफ्नो ब्रान्ड तथा प्रडक्टहरू प्रयोग, विशेषतालगायत वर्तमान समयमा आएको प्रविधि र बिस्तारबारे जानकारी दिने उद्देश्यले एक्स्पोको आयोजना गरिएको गरिएको थियो । नेपालमा आईटी सम्बन्धी प्रडक्ट बिक्री, वितरण तथा गुणस्तर सेवा दिँदै आएको सागर ग्रुपले एक्स्पोबाट ब्रदर टोनर बक्स सिरिजअन्तर्गत प्रिन्टर साथै इनेक्सका क्यामेराको पनि सार्वजनिक गरेको छ ।
एक्स्पोमा ब्रदर तथा कोनिका प्रिन्टर, एक्स–ल्याब ल्यापटप क्यास्परस्की, आईडीपी, माइक्रोप्याक आदि ब्रान्डका सामान राखिएका थिए । एक्स्पोमा गएर प्रिन्टरको खरिदमा ५० प्रतिशतसम्म र अन्य सामानको खरिद न्यूनतम २० प्रतिशत छुट व्यवस्था सागर ग्रुपले मिलाएको थियो । यद्यपि एक्स्पो सकिए पनि छुट अफर भने कायमै रहेको लामाको भनाई छ ।
‘हामीले एक्स्पो लागि भनेर मात्र छुटको व्यवस्थापन गरेका थियौं, तर एक्स्पो सकिएता पनि छुटलाई भने निरन्तरता दिने निर्णय गरेका छौं, सागर ग्रुपले बिक्री गरेका सामान अब पनि विशेष छुटसहित खरिद गर्न सकिन्छ,’ उनले भने ।
यो एक्स्पोलाई प्रविधि, जीवनशैली र नेटवर्किङ अवसरहरू संयोजन हुने प्ल्याटफर्मको रूपमा लिइएको लामाले बताए । सागर ग्रुपले एक्स्पोमा क्युआर कोड मार्फत नाम दर्ता गरेर निःशुल्क प्रवेश गर्न व्यवस्था मिलाएको थियो ।
क्युआर कोड प्रणाली मार्फत अनलाइन दर्ता गर्ने एक जना भाग्यशालीले एक्स–ल्याब ल्यापटप जित्ने छन् । जसको रिजल्ट केही समयपछि सार्वजनिक गर्ने सागर ग्रुपले जनकारी दिएको छ ।
यस्तै, यो एक्स्पोले नयाँ र अपडेटेडका साथै नवप्रवर्तन प्रविधिको बारेमा जान्न, बुझ्ने र किन्ने अवसर प्रदान गरेको थियो । प्रविधि प्रेमीहरूको लागि एक्स्पो निकै उपयोगी भएको बताउँदै आगामी दिनमा पनि यस्तो कार्यक्रमको आयोजनलाई निरन्तर दिने लामाको भनाई छ ।





























प्रतिक्रिया