बजाज एन२५० को लन्चसँगै स्पीड फेस्ट २०२५ सम्पन्न

बजाज एन२५० को लन्चसँगै स्पीड फेस्ट २०२५ सम्पन्न

केन्द्रबिन्दु
75
Shares

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो बाइक उत्सव स्पीड फेस्ट २०२५ सम्पन्न भएको छ ।

मोटरसाइकल प्रेमीको उत्साहजनक उपस्थिति रहेको यस इभेन्टमा ७० भन्दा बढी सुपरबाइक प्रदर्शनी, ग्रान्ड बाइक र्‍याली, टेस्ट राइड सेसन, नेपालकाचर्चित ब्याण्डहरू द एलिमेन्टस् र रकहेड्स को प्रत्यक्ष सांगीतिक प्रस्तुतिलगायत कार्यक्रम समावेश थिए।

उक्त फेस्टिभलमा बजाजको एन २५० मोडल लन्च गरिएको थियो। यस वर्षको स्पीड फेस्टमा हंसराज हुलासचन्द एण्ड कम्पनीद्वारा वितरीत बजाज, केटिएम डुक र ट्रायम्फ ब्रान्डका मोटरसाइकल सहभागी थिए।

बजाज एन २५०ः शक्ति, प्रदर्शन र नवीनताको प्रतीक

बजाज एन २५० को भव्यलन्चस्पीड फेस्ट २०२५ को प्रमुखआकर्षण बन्न सफलरहेको थियो। यो मोटरसाइकलमापावर, आधुनिकप्रविधि र परिष्कृत डिजाइनको उत्कृष्ट संयोजन रहेको छ।

बजाज एन २५० मा २४.५ पिएस पावर दिने २४९ सीसी सिंगल–सिलिन्डर, फ्युल–इन्जेक्टेड, आयल–कुल्ड इन्जिन समावेश गरिएको छ। यसमा डुअल च्यानलएबीएस, सुधारिएको चेसिस, एलईडी हेडलाइट, डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर र अपग्रेडेड एग्जस्ट सिस्टम रहेको छ, जसले बाइकलाई थप स्टाइलिश र सुरक्षित बनाउँछ।

बजाज एन २५० को लन्चले बाइकप्रेमीलाई नयाँ प्रविधि र डिजाइनका मोटरसाइकलअनुभव गर्ने अवसर पनिप्रदानगरेको थियो। स्पीड फेस्ट २०२५ ले मोटरसाइकल संस्कृति प्रवद्र्धन गर्न सफलभएको आयोजकहरूले बताएका छन्।

हंसराज हुलासचन्द एण्ड कम्पनीले भविष्यमा पनि यसरी नै नेपाली बाइक प्रेमीहरूका लागि नवीनतम प्रविधि र रोमाञ्चक इभेन्टहरू ल्याउने प्रतिबद्धता जनाएको छ।

Skip This
Skip This
Logo