काठमाडौं । ग्राहक सेवा विस्तार र लगानीकर्तालाई थप सहज तथा प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले त्रिशक्ति सेक्युरिटिज लिमिटेडले आफ्नो पाँचौं शाखा कार्यालय ललितपुरस्थित जावलाखेलमा शुभारम्भ गरेको छ ।
कार्यक्रमको प्रमुख अतिथिमा नेपाल स्टक एक्सचेन्जका अध्यक्ष शोभाकान्त पौडेल रहेका थिए भने विशेष अतिथिमा ललितपुर -५ का वडा अध्यक्ष विकाशमान श्रेष्ठ उपस्थितको उपस्थिति रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि पौडेलले शेयरबजारको जोखिम तथा प्रतिफलको बारेमा प्रकाश पार्दै सुनिश्चित भइ लगानी गर्नुपर्ने बताउनुको साथै नेपालमा पूँजीबजारको धेरै सम्भाव्यता रहेको र क्रमश धेरै कुराहरुको विकास भइरहेको समेत जानकारी गराए । उनले हाल पूँजी बजारको विकासमा ब्रोकर कम्पनीहरुको योगदान उल्लेखनिय रहेको बताउँदै त्रिशक्ति सेक्युरिटिजको सेवा विस्तारले लगानीकर्तालाई अझ सहजता दिने विश्वास व्यक्त गरे ।
वडाध्यक्ष श्रेष्ठले कम्पनीको प्रगतीको शुभकामना दिँदै आवश्यक सहयोगको लागि तत्पर रहेको बताए ।
कार्यक्रममा लगानिकर्ताहरुको तर्फबाट अतिथिको रुपमा रहेका दिपक रिमालले शेयरबजारको महत्व तथा औचित्यतामाथि प्रकाश पारेका थिए ।
कार्यक्रममा स्वागत मन्तब्य कम्पनीका म्यानेजिङ डाइरेक्टर गोविन्द दाहालले गरेका थिए भने कार्यक्रममा दाहालले सेवा विस्तारमार्फत् लगानीकर्ताको पहुँचलाई सहज तुल्याउने प्रतिबद्धता जनाउँदै सम्पूर्ण लगानीकर्तालाई उत्कृष्ट सेवा प्रदान गर्ने आश्वासन दिए ।
कार्यक्रमको अध्यक्षता कम्पनीको संस्थापक अध्यक्ष टंकप्रसाद गौतमले गरेका थिए ।
कम्पनीले यसअघि पुतलीसडक केन्द्रीय कार्यालयका अतिरिक्त पोखरा, महेन्द्रनगर, हेटौडाबाट डिम्याट, टि.एम.एस. लगायतमा शेयर कारोवारसम्वन्धी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।





























प्रतिक्रिया