ऊर्जामन्त्री खड्काले कुलमान घिसिङलाई फेरि सोधे २४ घण्टे स्पष्टीकरण

ऊर्जामन्त्री खड्काले कुलमान घिसिङलाई फेरि सोधे २४ घण्टे स्पष्टीकरण

केन्द्रबिन्दु
87
Shares

काठमाडौं । ऊर्जामन्त्री दिपक खड्काले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः २४ घण्टे स्पष्टीकरण सोधेका छन् ।

घिसिङलाई पदबाट किन नहटाउने भन्दै ऊर्जामन्त्री खड्काले स्पष्टीकरण सोधेका हुन् । घिसिङले हालै भारतमा सम्पन्न १६ औं पावर एक्सचेञ्ज कमिटीको बैठकमा बिहार र उत्तर प्रदेशबाट १३२ केभी क्षमताको प्रसारण लाइनबाट आयात हुने विद्युत्‌को भाउ १.५ प्रतिशत बढाउने सहमति गरेका थिए । तर, सरकारको सहमतिविना विद्युतको भाउ बढाउने सहमति किन गरेको भनी स्पष्टीकरण सोधेका हुन् ।

यसअघि २२ पुसमा पनि घिसिङलाई मन्त्री खड्काले सातदिने स्पष्टीकरण सोधेका थिए ।

Logo