काठमाडौं । माहेश्वरी महिला मञ्च विराटनगरले कोशी अस्पताललाई फलामको ९ थान डस्विन प्रदान गरेको छ ।
मञ्चको स्वच्छता अभियानअन्तर्गत कोशी अस्पतालको फोहोर व्यवस्थापन गर्ने उदेश्यका साथ मंगलबार एक कार्यक्रमबीच एसियन थाइ फुड्स प्रालिले ढक्कनसहित निर्माण गरेको फलामको ९ थान डस्विन अस्पताललाई प्रदान गरिएको हो ।
कार्यक्रममा माहेश्वरी महिला मञ्च विराटनगरका अध्यक्ष महिला उद्यमी ललिता जाजु र माहेश्वरी समाज विराटनगरका अध्यक्ष उद्योगी घनश्याम काबराले कोशी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा. रुना झालाई उक्त डस्विन हस्तान्तरण गरेका थिए ।

अखिल भारत वर्षीय माहेश्वरी महिला संगठनका संरक्षक रतनीदेवी काबरा प्रमुख अतिथि रहेको यस कार्यक्रममा अखिल भारत वर्षिय माहेश्वरी महिला संगठनका पूर्वाञ्चल उपाध्यक्ष गिरीजा सारडा, माहेश्वरी महिला मञ्च विराटनगरका संस्थापक अध्यक्ष गोमती राठी, नरसेवा नारायण सेवाका अध्यक्ष पृथ्वी अग्रवाल, नेपाल माहेश्वरी संगठनका उपाध्यक्ष उद्योगी आनन्द जाजुको उपस्थिति रहेको थियो ।
कार्यक्रमको संयोजक बिन्दु अटल रहेकी थिइन् ।


माहेश्वरी महिला मञ्च विराटनगरले संस्थाको उत्तरदायित्वअन्तर्गत समयसमयमा विभिन्न क्षेत्रलाई सहयोग गर्दै आएको छ ।






























प्रतिक्रिया