प्रतितोला २२ सयले घट्यो सुनको मूल्य

प्रतितोला २२ सयले घट्यो सुनको मूल्य

केन्द्रबिन्दु
114
Shares

काठमाडौँ । स्थानीय बजारमा सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोला रु दुई हजार २०० ले घटेर एक लाख ६८ हजार १०० कायम भएको छ ।

महासङ्घका अनुसार आज चाँदीको मूल्य भने स्थिर छ । चाँदीको मूल्य प्रतितोला एक हजार ९१५ मा कायम भएको छ ।

Logo