काठमाडौं । नेपालमा दिपल, नामी र सेरेसको आधिकारिक वितरक एमएडब्लू वृद्धिले नेपालको सबैभन्दा ठूलो ईभी कार्निभल आयोजना गर्ने भएको छ ।
कम्पनीले काठमाडौं नक्सालमा रहेको अमरपाली बैंक्वेटमा १८ फागुनदेखि २१ फागुनसम्म कार्निभल आयोजना गर्ने भएको हो । उपत्यका बाहिरका सम्बन्धित शोरुमहरूमा पनि यो कार्निभल आयोजना हुनेछ । विराटनगरमा यो कार्यक्रम कञ्चनजंघा बैंक्वेटमा आयोजना हुनेछ ।
यस ईभी कार्निभलमा ग्राहकले पछिल्लो समयमा नेपालमा निकै रुचाइएको र चर्चा कमाइरहेको दिपल, नामी र सेरेसको टेस्ट ड्राइभ गर्नुका साथै अफरको फाइदा उठाउँदै ईभी खरिद गर्न सक्ने कम्पनीले जनाएको छ ।
कार्यक्रममा ग्राहकले दिपलको चर्चित मोडल एस०७, एस०७एल, एल०७का साथै नामी बक्स र सेरेस थ्रिको टेस्ट ड्राइभ गर्न सक्ने छन् । साथै ग्राहकले हरेक ईभी मोडलमा आकर्षक क्यास डिस्काउन्ट, एक्सचेन्ज बोनस, फ्रि ७ किलोवाट चार्जर र एसेसरिज, फ्रि रोड ट्याक्स र अटोप्लस इन्स्योरेन्स पाउनेछन् । ग्राहकले टप ८ रिकन्डिसन हाउसबाट आफ्नो पुरानो गाडीको बेस्ट रिकन्डिसन भ्यालु पनि पाउनेछन् । यसका अलावा हरेक टेस्ट ड्राइभ र भ्यालुएसनमा पनि ग्राहकले उपहार पाउनेछन् ।
कार्निभलमा चांगानको अफरोड क्यापेबल र स्टाइलिस हन्टर पिकअप पनि डिस्प्लेमा राखिनेछ जसलाई १० लाख रुपैयाँ डाउनपेमेन्टमै खरिद गर्न सकिनेछ । हरेक दिन बुकिङ गर्नेमध्ये भाग्यशाली एक जोडीले नगरकोटस्थित कन्ट्री भिल्लामा फ्रि नाइट स्टे पाउनेछन् भने बम्पर उपहारमा बुकिङ गर्ने एक जनाले लक्की ड्रमार्फत आईफोन१६ प्रो म्याक्स पाउने कम्पनीको भनाई छ ।





























प्रतिक्रिया