किसानलाई अनुदानमा मौरीसहितका घार वितरण

किसानलाई अनुदानमा मौरीसहितका घार वितरण

केन्द्रबिन्दु
27
Shares

गलकोट बागलुङ) । किसानलालाई आयआर्जनमा सघाउन बागलुङ नगरपालिकाले आफ्नो कार्यक्षेत्रका ५८ किसानलाई अनुदानमा मौरीसहितका घार वितरण गरेको छ । किसानलाई ५० प्रतिशत अनुदानमा घार वितरण गरिएको हो ।

नगरपालिकाले किसानसँगको सहलगानीमा सात हजार ७०० मा मौरीसहितको घार खरिद गरेर वितरण गरेको बागलुङ नगरपालिकाका नगरउपप्रमुख राजु खड्काले जानकारी दिए ।

“मौरीपालनमार्फत आय आर्जन बढाउन नगरपालिकाले अनुदान दिएको हो”, उनले भने । नगरपालिका र ५८ किसानको चार लाख ४६ हजार लागतमा मौरीसहितका घार वितरण गरिएको उनले बताए ।

विगतमा पनि नगरपालिकाले थ्रेसर, मिनि टिलर हलो र मौरीका घार वितरण गरेको थियो ।

Logo