कजारिया नयाँ सोरुम सतुंगलमा, टायलको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य

कजारिया नयाँ सोरुम सतुंगलमा, टायलको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । भारतको अग्रणी टाइल निर्माता कजारियाले नेपालमा आफ्नो उपस्थिति अझै मजबुत बनाउँदै काठमाडौँको सतुंगलमा अत्याधुनिक सोरुम उद्घाटन गरेको छ । श्री साई इन्टरप्राइजेज द्वारा सञ्चालित यो सोरुमले उच्च गुणस्तरका टायलहरूको बढ्दो मागलाई पूरा गर्ने लक्ष्य राखेको छ ।

उद्घाटन समारोहमा प्रमुख अतिथिको रुपमा चन्द्रागिरी नगरपालिकाका मेयर श्री घनश्याम गिरी र चन्द्रागिरी नगरपालिका वार्ड नं. ११ का अध्यक्ष श्री नरेद्र राज श्रेष्ठले संयुक्त रुपमा रिबन काटेर यो महत्वपूर्ण शोरुम विस्तारको आरम्भ गरे ।

समारोहलाई सम्बोधन गर्दै कजारियाको राष्ट्रिय सेल्स प्रमुख श्री प्रवीन सिंह ले नयाँ सोरुमको उद्घाटनप्रति आफ्नो उत्साह व्यक्त गरे । उनले भने “काठमाडौँ कजारियाका लागि एक प्रमुख बजार रहिआएको छ, र यो सोरुम हाम्रो प्रतिबद्धताको प्रमाण हो जसले घरधनीहरू, आर्किटेक्ट र निर्माणकर्ताहरू सामु उच्च गुणस्तरका टायलहरू पुर्याउने काम गर्दछ। हामी आफ्ना नवीनतम र मजबुत उत्पादनहरूलाई ग्राहकहरूसम्म नजिक ल्याउन पाउँदा खुशी छौं।”

काठमाडौँको महत्वपूर्ण क्षेत्र रहेको यो नयाँ सोरुमले प्रिमियम टायलहरूको विस्तृत संग्रह प्रदान गर्दछ, जसले ग्राहकहरूलाई सजिलो पहुँच र सुविधा सुनिश्चित गर्दछ । यसको विस्तारसँगै, कजारिया उच्च गुणस्तर र डिजाइनका नयाँ मापदण्डहरू सेट गर्ने आफ्नो मिशनलाई निरन्तर अघि बढाउँदै नेपालका निर्माण सामग्रीहरूको क्षेत्रमा आफ्नो नेतृत्वलाई बलियो बनाउँदै छ ।

प्रिमियम टाइल्सलाई नेपालभर सहजै उपलब्ध गराउने आफ्नो लक्ष्यलाई निरन्तरता दिँदै यो शोरुमको शुभारम्भ कजारियाको लागि महत्वपूर्ण उपलब्धि हो ।

रमेश कर्प र भारतको अग्रणी टायल उत्पादक कजारिया सेरामिक्स लिमिटेडको संयुक्त उद्यम कजरिया रमेश टाइल्स लिमिटेडले नवलपरासीमा नेपालको सबैभन्दा ठूलो टायल उत्पादन प्लान्ट स्थापना गरेको छ । नेपाललाई टाइल्समा आत्मनिर्भर बनाउने लक्ष्यका साथ आयोजनाले स्थानीय कच्चा पदार्थ प्रयोग गरी वार्षिक ५२ लाख वर्गमिटर टायल उत्पादन गर्नेछ । यो ४०० करोड नेपाली रुपैयाँ लगानीले अर्थतन्त्रलाई उकास्ने र सुलभ मूल्यमा विश्वस्तरीय कजारिया टाइल्स उपलब्ध गराउने लक्ष्य राखेको छ ।

यो प्लान्टले स्थानीय अर्थतन्त्रलाई उल्लेखनीय रूपमा बढावा दिनुका साथै हजारौं रोजगारीका अवसरहरू प्रदान गर्नेछ, स्थानीय समुदायको जीवनलाई समृद्ध बनाउनेछ र वृद्धि र विकासलाई बढावा दिनेछ ।

Logo