गोदरेज नेपालद्धारा पश्चिम नेपालका डिलरहरूसँग सफल डिलर मिट र नवीन उत्पादन प्रदर्शनी सम्पन्न

गोदरेज नेपालद्धारा पश्चिम नेपालका डिलरहरूसँग सफल डिलर मिट र नवीन उत्पादन प्रदर्शनी सम्पन्न

केन्द्रबिन्दु
15
Shares

काठमाडौं । गोदरेज व नेपालले आफ्ना डिलरहरूसँगको साझेदारी अझ मजबुत बनाउन पश्चिम नेपालमा एक डिलर मिट सफलतापूर्वक आयोजना गरेको छ।

यस कार्यक्रममा कम्पनीले नवीनतम उत्पादनहरूको प्रदर्शनी गर्दै बजार प्रवृत्ति र व्यावसायिक रणनीतिहरूमा छलफल गरेको थियो। कार्यक्रममा गोदरेज नेपालका प्रतिनिधिहरूले कम्पनीको प्रगति, उत्पादन नवीनीकरण, र प्रतिस्पर्धी बजारमा अग्रसर हुने योजनाहरू प्रस्तुत गरे। डिलरहरूले पनि व्यावसायिक अनुभव र चुनौतीहरूबारे अन्तरक्रियात्मक सत्रहरूमा सहभागिता जनाए।

रेफ्रिजेरेटर, चेष्ट फ्रिजर, वासिङ मेसिन, एयर कण्डिसनर, एयर कुलर, माइक्रोवेभ ओभन र मेडिकल रेफ्रिजेरेटरकासाथै उत्पादनहरूको उच्च गुणस्तर, ऊर्जा(सक्षम प्रविधि, र ग्राहक(मुखी डिजाइनहरूबारे प्रयोगात्मक प्रदर्शन गरिएको थियो।
गोदरेज नेपालका व्यापार इकाई प्रमुख, धर्मेन्द्र जोशीले भने, ‘यो कार्यक्रमले पश्चिम नेपालमा हाम्रो डिलर नेटवर्क र ग्राहकहरूसँगको विश्वासलाई अझ बलियो बनाउने मार्ग प्रशस्त गरेको छ। हामी नवप्रवर्तन र सहकार्यमा अग्रसर रहने प्रतिबद्ध छौं।’

कार्यक्रमको अन्त्यमा डिलरहरूलाई सम्मान गर्दै रात्रिभोज र सांस्कृतिक कार्यक्रम आयोजना गरिएको थियो।

गोदरेज नेपालले ७० वर्षदेखि विश्वसनीय ब्रान्ड, गोदरेज एप्लायन्सेजले नवीनता, गुणस्तर र पर्यावरणीय जिम्मेवारीमा आधारित उत्पादनहरू प्रदान गर्दै आएको छ। यसले परिवारहरूलाई उच्च प्रदर्शन र सहज जीवनशैली प्रदान गर्दछ।

Skip This
Skip This
Logo