एलजीको निःशुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प सञ्चालनमा

एलजीको निःशुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प सञ्चालनमा

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । गर्मी मौसमको तयारीलाई ध्यानमा राख्दै एलजीले ग्राहकलाई विशेष सेवा प्रदान गर्न ‘फ्रि एसी सर्भिस क्याम्प’ सञ्चालनमा ल्याएको छ।

सबै मौसमका लागि एलजी एसी नाराका साथ अघि बढिरहेको अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले गर्मी बढेसँगै यहि फाल्गुन २० गते देखि सीमित अवधिको लागि नेपालका सम्पूर्ण एसीका ग्राहकलाई लक्षित गरी “निःशुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्प” योजना अघि सारेको हाे ।

यस योजना अन्तर्गत ग्राहकवर्गहरुले कुनै पनि ब्रान्डको ए.सी.मा नि:शुल्क ए.सी. सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो ए.सी. साट्न चाहेमा, उक्त पुरानो ए.सी.मा बिगतको भन्दा ५० प्रतिशतसम्मको थप मूल्याङकनका साथ एलजीको उच्च गुणस्तरिय ए.सी. सँग साट्न सक्नेछन् ।

ग्राहकवर्गहरुले www.cgelex.com/exchange मा गई आफ्नो पुरानो एसीको मूल्याङकन आफैं पनि गर्न सक्ने कम्पनीले जनाएको छ।

यो सुविधा र सर्भिस लिनको लागि ग्राहकबर्गहरुले टोल फ्री नं १६६-००-१००-२११ वा ०१-५९७०२११ मा अथवा एलजीको सामाजिक सन्जाल पेज मार्फत आफ्नो विवरण रजिस्टर गराउनु पर्ने कम्पनीले जनाएको छ ।

रजिस्टर पश्चात एलजीका टेक्नीसियन ग्राहकहरुका घरमै गई यो सुविधा प्रदान गर्ने छन् । यस योजनामा थप सुविधा प्रदान गर्दै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टस् मा ५० प्रतिशतसम्म छुटका साथै नयाँ एलजीको एसी खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गरिएको छ । साथै ग्राहकबर्गहरुले नयाँ एसीमा ४००० रुपैयाँ बराबरको फ्री इन्स्टलेशन पनि पाउने कम्पनीले जनाएको छ ।

यसका साथै, एक्सचेन्ज योजनामा सहभागी हुने ग्राहकहरुले २ वटा निःशुल्क सेवा कुपन पाउनेछन्, जसको मूल्य ३ हजार रुपैयाँसम्म हुनेछ।

चौधरी ग्रुप अन्तर्गत सिजी इलेक्ट्रोनिक्सले एलजीका उत्पादनहरूको आधिकारिक वितरण, बिक्री, र ग्राहक सेवा प्रदान गर्छ । नेपालभर विभिन्न सहरहरूमा एलजी का शोरूम र अधिकृत डिलरहरू छन् साथै आफ्ना ग्राहकहरूलाई बिक्रीपछिको उत्कृष्ट सेवा प्रदान गर्ने प्रतिबद्धता राखेको छ।

Skip This
Skip This
Logo