माहेश्वरी महिला मञ्च विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनद्वारा कोशी अस्पताललाई पोस्ट मेटरनिटी किट वितरण

माहेश्वरी महिला मञ्च विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनद्वारा कोशी अस्पताललाई पोस्ट मेटरनिटी किट वितरण

केन्द्रबिन्दु
24
Shares

काठमाडौं । माहेश्वरी महिला मञ्च विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनले संयुक्त रुपमा कोशी अञ्चल अस्पताललाई ‘पोस्ट मेटरनिटी किट’ वितरण गरेको छ ।

अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा एक विशेष कार्यक्रमका बीच माहेश्वरी महिला मञ्च विराटनगर र रोटरी क्लब अफ विराटनगर फ्युजनले संयुक्त रूपमा अस्पताललाई प्रसूति पछि आवश्यक पर्ने किट वितरण गरेकाे हाे ।

प्रसूति किटमा गर्भवती महिलाका लागि गाउन, प्रोटिनयुक्त खाना र लामखुट्टेमुक्त गराउने झुल, कम्बल, डायपर सेट र बालबालिकाका लागि साबुन समावेश थियो। कुल ५० किटमध्ये आज अस्पतालकी स्त्री रोग विशेषज्ञ डा‍. अञ्जु देवलाई २१ किट हस्तान्तरण गरिएको मञ्चकी अध्यक्ष ललिता जाजूले बताइन् ।

कार्यक्रममा रोटरी क्लब विराटनगर फ्युजनका अध्यक्ष रोटरियन विवेक अग्रवाल, प्रथम महिला रोटरियन खुशी अग्रवाल, कोषाध्यक्ष रोटरियन साकेतजी मुरारका, नेपाल माहेश्वरी महिला संगठनकी उपाध्यक्ष अमिता पेडीवाल, निवर्तमान अध्यक्ष पुनम राठीकाे उपस्थित थियाे ।

साथै संगठनकी सल्लाहकार रीता महेश्वरी, सरिता लखोटिया, अखिल भारतीय माहेश्वरी महासभाका कार्यकारी सदस्य अमिताभ माहेश्वरी, माहेश्वरी समाज विराटनगरका सचिव सुरेश परतानी, माहेश्वरी युवा मञ्चका उपाध्यक्ष नितेशजी सारडा र मञ्चका प्रतिनिधिहरू पनि सहभागी थिए। कार्यक्रमकाे संयोजक शीतल बाहेती थिइन् ।

यसअघि माहेश्वरी महिला मञ्च विराटनगरले कोशी अस्पताललाई फोहोर व्यवस्थापन गर्ने उदेश्यका साथ एसियन थाइ फुड्स प्रालिले ढक्कनसहित निर्माण गरेको फलामको ९ थान डस्विन हस्तान्तरण गरेको थियो । आगामी दिनमा पनि आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत यस्ता विभिन्न कार्यक्रम गर्ने मञ्जको योजना रहेको माहेश्वरी महिला मञ्च विराटनगरकी सचिव कल्पना राठीले जानकारी दिइन् ।

Logo