काठमाडौं । टाटा मोटर्सले इलेक्ट्रिक सेगमेन्टमा आफ्नो प्रमुख स्थान कायम राख्दै कुल ३ हजार ८२५ इलेक्ट्रिक गाडी बिक्री गरेको छ । फेब्रुअरी २०२५ मा टाटाले बजारको ४२.६५ प्रतिशत हिस्सा ओगटेको छ। यससँगै भारतीय बजारमा इलेक्ट्रिक गाडीको माग तीव्र रूपमा बढ्दै गइरहेको छ।
हाल टाटा मोटर्सले नेक्सन ईभी, टियागो ईभी, पन्च ईभी र टिगोर ईभी बिक्री गर्दै आएको छ, जसको मूल्य ७ लाख ९९ हजार देखि १९ लाख २९ हजार भारुसम्म छ ।
बिक्री सूचीमा एमजी मोटर्स दोस्रो स्थानमा छ । यस अवधिमा एमजी मोटर्सले कुल ३ हजार २७० युनिट कार बेचेको छ। जबकि हुन्डाई यस बिक्री सूचीमा तेस्रो स्थानमा छ । यस अवधिमा हुन्डाईले कुल ७ सय ३८ युनिट कार बेचेको छ।
साथै यस बिक्री सूचीमा कुल ४ सय ७८ युनिट इलेक्ट्रिक कार बिक्री गरी महिन्द्रा चौथो स्थानमा छ । यस बिक्री सूचीमा बीवाईडी पाँचौं, बीएमडब्ल्यु छैटौं, मर्सिडीज सातौं, सिट्रोन आठौं, भल्भो नवौं र किया दशौ स्थानमा परेको छ ।































प्रतिक्रिया