नेपाल अप्रिलसम्ममा इयुको कालोसूचीबाट हट्ने पर्यटन मन्त्रीको दाबी

नेपाल अप्रिलसम्ममा इयुको कालोसूचीबाट हट्ने पर्यटन मन्त्रीको दाबी

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) माथि युरोपेली युनियन (इयु) मा कायम रहेको प्रतिबन्ध चाँडै हट्ने दाबी गरेका छन् ।

बुधवार सार्वजनिक लेखा समितिको बैठकमा मन्त्री अधिकारीले हवाई उड्डयन क्षेत्रको विश्वको छाता संगठन (आइका) ले प्रतिबन्ध हटाइसकेको उल्लेख गर्दै इयुले पनि छिट्टै प्रतिबन्ध हटाउने दाबी गरे । ‘कुटनीतिक पहल गरिरहेका छौं ’, उनले भने, ‘मार्च वा अप्रिलसम्ममा कालोसूचीबाट हट्छ, प्रतिबन्ध फुकुवा हुन्छ ।’

युरोपबाट एयरबस खरिद गरेको सुनाउँदै मन्त्री अधिकारीले भने, ‘एयरबस नेपाल आउन पाउने, जान नपाउने ? जुन देश (नेपाल) बाट आउन नपाउने भएपछि त्यहाँ किन बेचे त ?’ सांसदहरुको प्रश्नको जवाफ दिँदै उनले कुटनीतिक माध्यमबाट प्रतिबन्ध हट्ने र नेपाल एयरलाइन्स युरोप रुट हुँदै कोरिया, जापान र अमेरिकासम्म उड्ने दाबी गरे । आफ्नो मन्त्रालयले आन्तरिक र बाह्य गरी ४९ गन्तव्य तय गरेको र आगामी ४ महिनाभित्र सबै व्यवस्थित गर्ने उनको भनाई थियो ।
नागरिकबाट

Skip This
Skip This
Logo