३४३ एचपी भएको टोयोटा सी-एचआर प्लस ईभी विश्वव्यापी रूपमा डेब्यू हुँदै

३४३ एचपी भएको टोयोटा सी-एचआर प्लस ईभी विश्वव्यापी रूपमा डेब्यू हुँदै

केन्द्रबिन्दु
45
Shares

काठमाडौं । टोयोटाले आफ्नो पूर्ण विद्युतीय सी–एचआर प्लस ईभी विश्व बजारमा लन्च गरेको छ । पहिलो पटक २०२२ मा अवधारणाको रूपमा देखाइएको यो गाडी युरोपेली बजारहरूमा लन्च भएको हो ।

कम्पनीले सुजुकीसँग मिलेर सार्वजनिक गरेको अर्बन क्रुजरपछि सी–एचआर ईभी बजारमा ल्याएको छ । सी–एचआर प्लस ईभीमा ५७.७ र ७७ किलोवाट आवर ब्याट्री विकल्प दिइएको छ ।

विदेशमा बेचिने लोकप्रिय हाइब्रिड मोडेल मध्येको एक यो ईभी धेरैको रोजाइमा परिसकेको बताइएको छ । ई–प्लेटफर्ममा आधारित यो गाडीले बीजेठ४एक्स एसयूभीलाई पनि आधार बनाउँछ । ५७.७ किलोवाट आवरको ब्याट्रीले १६७एचपी फ्रन्ट–ह्वील–ड्राइभ संस्करण चलाउने छ ।

७७ किलोवाट आवरको ब्याट्रीले २२४ एचपी फ्रन्ट–ह्वील–ड्राइभ र ३४३ एचपी अल–ह्वील–ड्राइभ संस्करणहरूलाई पावर दिनेछ । सी–एचआर प्लस ईभीले एक पटकको फुल चार्जमा ६०० किलोमिटरसम्मको दायरा प्रदान गर्दछ ।

सी–एचआर प्लसले १५० किलोवाटसम्मको डीसी द्रुत चार्जिङ गतिलाई पनि समर्थन गर्नेेछ । यो गाडी अर्बन क्रुजर ईभी भन्दा लामो छ । ४,५२० मिमी लामोमा सी–एचआर प्लसलार्ई इलेक्ट्रिक अर्बन क्रुजर भन्दा माथि राखिने बताइएको छ । यसको ह्वीलबेसले २,७५० मिमी रहेको बताइएको छ ।

सी–एचआर प्लस ईभीमा १४ इन्चको टचस्क्रिन, दुई वायरलेस स्मार्टफोन चार्जर, रियर एसी नियन्त्रण, एम्बियन्ट लाइट र प्यानोरामिक छत दिइएको छ । यस्तै, सन् २०२६ सम्ममा टोयोटाले कम्तीमा अन्तर्राष्ट्रिय बजारहरूमा छ वटा मोडलका ईभी बजारमा ल्याउने योजना रहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरू बताउँदै आएका छन् ।

Logo