प्रोटोनले नयाँ ईभी ईमास ५ ल्याउँदै

प्रोटोनले नयाँ ईभी ईमास ५ ल्याउँदै

केन्द्रबिन्दु
18
Shares

काठमाडौं । विश्व अटो बजारमा प्रोटोनको नयाँ ईभी ईमास ५ ले यसै वर्ष डेब्यु गर्ने भएको छ । यो प्रोटोनको दोस्रो ईभी हुनेछ । यसअघिको ईभी ईमास ७ले नेपाली बजारमा समेत प्रवेश पाइसकेको छ ।

प्रोटोनका डेपुटी सीईओ रोस्लान अब्दुल्लाहले यो कुराको पुष्टि गरेका हुन् । यसको मोडल जिलीको सानो ईभी जिओम जिङयुआनमा आधारित हुन सक्ने सम्भावना छ । यो भन्दा पहिले पनि प्रोटोनले आफ्ना डिलरहरुका बिचमा पुरानो टिजर भिडियो देखाएको थियो । यसमा देखिएको सिल्हुट जिङयुआन ह्याचब्याक जस्तै देखिएको थियो ।

जिङयुआन ह्याचब्याक १३५ किलोमिटर प्रतिघण्टाको गतिमा दौडन सक्छ र यसले ११४ एचपी अर्थात ८५ किलोवाटको पावर जेनेरेट गर्छ । यसमा भएको ३०.१२ किलोवाट आवरको सीएटीएलमा आधारित एलएफपी ब्याट्री प्याकले सीएलटीसी अनुसार ३१० किलोमिटर र अर्को ४०‍.१६ किलोवाट आवरको ब्याट्री प्याकले ४१० किलोमिटरको रेन्ज दिन्छ ।

प्रोटोनको दोस्रो ईभी पनि यही डिजाइनमा आउन सक्ने बताइएको छ । यसको अन्य विस्तृत जानकारी भने खुलाइएको छैन ।

Logo