सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विक २०२५ का अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

सिद्धार्थ बैंकद्वारा ग्लोबल मनी विक २०२५ का अवसरमा विभिन्न कार्यक्रम सम्पन्न

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । सिद्धार्थ बैंक लिमिटेडले विद्यार्थीहरुलाई वित्तीय शिक्षा प्रदान गरी आर्थिक रुपमा सचेत र सशक्त बनाउने उद्देश्यले २०२५ मार्च १७ देखि २३ गतेसम्म सप्ताहव्यापी रुपमा मनाइएको ‘ग्लोबल मनि विक २०२५’को अवसर पारी विभिन्न कार्यक्रमहरु सम्पन्न गरेको छ ।

यस वर्षको ग्लोबल मनि विक २०२५ लाई सार्थक बनाउने प्रयास स्वरुप बैंकले देशका सातै प्रदेशमा विद्यालय एवं क्याम्पस गरी २४ स्थानहरुमा विद्याथी लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सञ्चालन गरेको थियो ।

बैंकले प्रदान गर्ने सेवा, डिजिटल कारोबार र यसमा अपनाउनु पर्ने सावधानीका विषयमा सचेत गराई विद्याथीहरुमा वित्तिय ज्ञान, सीप, मनोवृत्ति तथा व्यवहारमा सुधार ल्याउने उद्देश्यले सञ्चालन गरिएको सो कार्यक्रममा १ हजार २१२ जना विद्यार्थीहरुको सहभागीता रहेको थियो ।

साथै, विद्यार्थीहरुलाई बैंकको आधारभूत बैकिङ सञ्चालन र विभिन्न बैंकिङ माध्यमहरुसम्बन्धी व्यवहारिक रुपमा शिक्षा प्रदान गर्ने उद्देश्यले ४४८ जना विद्यार्र्थीहरुलाई बैंकको विभिन्न शाखामा भ्रमण कार्यक्रम पनि आयोजना गरिएको थियो । यस सप्ताहव्यापी रुपमा मनाइएको ‘ग्लोबल मनि विक २०२५’ मा बैंकले कुल ३८ कार्यक्रममार्फत १ हजार ६६० विद्यार्थीहरुलाई वित्तीय शिक्षा प्रदान गरेको थियो ।

बैंकले देशका सम्पूर्ण व्यक्तिमा वित्तीय सेवाको पहुँच पुर्याउने र हरेक वर्ग र क्षेत्रका मानिसलाई वित्तीय चेतना प्रदान गरी वित्तीय सशक्तीकरण गर्ने उद्देश्यले सो कार्यक्रमहरु सञ्चालन गरेको जनाएको छ ।

Logo