‘वाडा अटो शो’मा हुन्डाई क्रेटा इभी र ‘मेड इन नेपाल’ क्रेटा सार्वजनिक

‘वाडा अटो शो’मा हुन्डाई क्रेटा इभी र ‘मेड इन नेपाल’ क्रेटा सार्वजनिक

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । पोखरामा जारी ‘वाडा अटो शो’मा हुन्डाई क्रेटा इभी र ‘मेड इन नेपाल’ क्रेटा सार्वजनिक गरिएको छ ।

हालै मात्र नेपाल भित्रिएको यो क्रेटा अटो शोको पहिलो दिनमै महानगरपालिकाका मेयर धनराज आचार्य र लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक सुनिल श्रेष्ठ लगायतले अनावरण गरेका हुन् ।

हुन्डाई क्रेटा ईभी ४२ किलोवाट ब्याट्री विकल्पमा उपलब्ध छ । ४२ किलोवाट ब्याट्रीले ३९० किलोमिटर रेन्ज प्रदान गर्न सक्षम हुनेछ । ब्याट्री डीसी फास्ट चार्जिङमार्फत १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज हुन ५८ मिनेट मात्र लाग्ने बताइएको छ । यसलाई ११ किलोवाट एसी चार्जरले १० प्रतिशतदेखि १०० प्रतिशतसम्म चार्ज गर्न ४ घन्टा लाग्छ ।

क्रेटा ईभीको डिजाइन धेरै हदसम्म यसको आईसीई मोडेलसँग मिल्दोजुल्दो छ ।

मिडसाइज एसयूभी सेग्मेन्टमा सबैभन्दा लोकप्रिय एसयूभी हुन्डाई क्रेटाको दमदार फिचर र एड्भान्स टेक्नोलोजीले इलेक्ट्रिक एसयूभी बजारमा नयाँ स्ट्यान्डर्ड स्थापित गर्ने कम्पनीको भनाई छ ।

नेपाल भित्रिएका क्रेटा ईभीमध्ये एक्ज्युकेटिभ भेरियन्टको मूल्य ५१ लाख ९६ हजार, स्मार्टको ५४ लाख ९६ हजार, स्मार्ट (ओ)को ५६ लाख ९६ हजार र प्रिमियम प्लसको ५९ लाख ९६ हजार रुपैयाँ तोकिएको छ ।

Logo