राष्ट्र बैंकद्वारा २३ करोड थान नयाँ नोट छाप्न बोलपत्र आह्वान, क-कसले दिन पाउँछन् आवेदन ?

राष्ट्र बैंकद्वारा २३ करोड थान नयाँ नोट छाप्न बोलपत्र आह्वान, क-कसले दिन पाउँछन् आवेदन ?

केन्द्रबिन्दु
57
Shares

काठमाडाैं । नेपाल राष्ट्र बैंकले नयाँ नोट छपाइका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको छ । बैंकले ५०० दरका २३ करोड थान नयाँ नोट छाप्न बोलपत्र आह्वान गरेको जानकारी दिएको हो ।

राष्ट्र बैंकले आइतवार सूचना जारी गर्दै नयाँ नोट प्रचलनमा ल्याउने उद्देश्यसहित उक्त थान छपाइको प्रक्रिया अगाडि बढाएको बताएको छ ।

राष्ट्र बैंकका अनुसार आगामी मे ३ तारिखसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्न सक्नेछन् । प्रतिबोलपत्र २० हजार रुपैयाँ अथवा १४४ अमेरिकी डलर, १३३ युरो वा ११२ पाउन्ड स्टेर्लिङ शुल्क लाग्नेछ । यस्तै, नोट छपाइका लागि राष्ट्र बैंकले प्रिक्वालिफिकेसन प्रक्रिया पूरा गरी ६ वटा विदेशी कम्पनीलाई छनौट गरिसकेको छ ।

उक्त कम्पनी मध्ये सबभन्दा कम लागतमा नोट छाप्ने प्रस्ताव ल्याउने कम्पनीलाई राष्ट्र बैंकले ठेक्का दिने जानकारी दिइएको छ । ती कम्पनीहरुमा चीनको चाइना बैंकनोट प्रिन्टिङ एन्ड मिन्टिङ कर्पोरेसन, यूकेको डे ला रुई इन्टरनेसनल, जर्मनीको गाइसिकी डेभिरेन्ट करेन्सी टेक्नोलोजी, रसियाको ज्वाइन्ट स्टक कम्पनी ‘गोज्नाक’, फ्रान्सको ओबेरथुर फिडुसिआयर एसएएस, र पोल्यान्डको पोलिसी सेक्युरिटी प्रिन्टिङ वर्क्स छन् ।

छनौटमा परेका यिनै ६ कम्पनीहरुले मात्रै बोलपत्र पेस गर्न पाउने छन् ।

Logo