उद्योग संगठन मोरङको युवा उद्यमशिलता विकासमा पहल र प्रयास

उद्योग संगठन मोरङको युवा उद्यमशिलता विकासमा पहल र प्रयास

केन्द्रबिन्दु
12
Shares

विराटनगर । रोजगारको खोजीमा युवाहरुको बढ्दो पलायनलाई ध्यानमा राखी उद्योग संगठन मोरङले ३० वर्ष मुनीका युवाहरुलाई लक्षित गरी उद्यमशिलता विकासमा आकर्षित गर्न स्टार्टअप एण्ड इनोभेशन कार्यक्रमलाई परिस्कृत रुपमा ल्याएको छ ।

व्यवसायिक सोच बिचार तथा अवधारणा भएका यूवाहरुलाई उद्यमशिलतामा रुपान्तरण गर्ने उद्देश्यका सञ्चालनमा ल्याएको उक्त कार्यक्रममा सहभागीताका लागि २०८१ चैत्र ३१ गते सम्म संगठनको वेवासाइट र सामाजिक संजालबाट आवेदन गर्न सक्ने व्यवस्था गरेको हो ।

कार्यक्रमलाई प्रभावकारीरुपमा सञ्चालन गर्न चैत्र ३१ गतेसम्म प्राप्त कुल आवेदनहरुलाई उद्यमशिलता अवधारणाको प्रस्तुतीकरण गराई उत्कृष्ट १५ जना स्र्टाटअप उद्यमीहरु छनौट गरिनेछ । छनौट भएका उद्यमीलाई निःशुल्करुपमा व्यवसायीक योजना तर्जुमा, व्यवसायिक योजना अनुरुप आवश्यक पर्ने प्राविधिक बिषयहरुमा मेन्टरसिप, कोचिङ, परामर्श सेवा, नेटवर्क विस्तारको अवसर प्रदान गरिने संगठनले जनाएको छ ।

३ महिनासम्म संगठनको मेन्टरसिपमा रहने स्टार्टअपहरुलाई व्यावसायीक विकासमा थप सहयोग पुर्याउन उक्त अवधिमा बिजनेश क्यानभास मोडेल, बिजनेश हेल्थ चेकअपका साथै हाटबजार लगायतका कार्यक्रमहरु आयोजना गरि उत्कृष्ट हुन सफल ३ स्टार्टअपहरुलाई पुरष्कृत गर्ने संगठनको योजना रहेको छ ।

बिराटनगर महानगरपालिका र पूर्वाञ्चल विश्व विद्यालयको सहकार्यमा सञ्चालन गरिने उक्त कार्यक्रमले स्टार्टअप व्यवसायको प्रवर्धन र विकासका लागी दिगो इकोशिष्टमको जग बसाल्न सहयोग पुर्याउने विश्वास संगठनले लिएको छ ।

Logo