केन्द्रबिन्दु बुलेटिन : नेपाल उद्योग बाणिज्य महासंघले भोलि नयाँ नेतृत्व पाउने (भिडियोसहित)

केन्द्रबिन्दु बुलेटिन : नेपाल उद्योग बाणिज्य महासंघले भोलि नयाँ नेतृत्व पाउने (भिडियोसहित)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गर्छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये संघीय संसद सचिवालयको आयोजनामा संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबारबाट कार्यक्रम सुरू भएको छ । कार्यक्रममा सभामुख सापकोटाले संसदलाई जीवन्त र जनमुखी बनाउनुपर्नेमा जोड दिएका छन् । कार्यक्रममा कानून न्याय तथा संसदीय मामिला मन्त्री शिवमाया तुम्बाहाङ्फेले संघीय संसदको नियमित अधिवेशन सुरु गर्ने बेला आएको बताउँदै अब छिट्टै नियमित अधिवेशन सुरु हुने बताईन् ।

अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पको पछिल्लो अभिव्यक्तिले उनी पराजय स्वीकारको नजिक पुगेको देखिएको छ । ट्रम्पले हालै उल्लेख गरे अनुसार यदि बाइडनले जितेको कुरा इलेक्टरल कलेजले पुष्टि गरेमा उनी ह्वाइट हाउसबाट बाहिरिन तयार रहने छन् ।

कोरोना कहरका कारण ठप्प रहेको ठमेल फेरि ब्युँतन थालेको छ । बाह्य पर्यटकले भरिभराउ हुने ठमेल आन्तरिक उपभोक्ताको चहलपहलमा रमाउन थालेको छ । तथापि, बाह्य पर्यटकको स्वागतका लागि भने आतुर देखिन्छ । विश्व महामारीको संकटले प्रभावित बनेको नेपालको प्रमुख पर्यटकिय क्षेत्र ठमेलका व्यावसायी पनि अब, विस्तारै ठमेलले लय लिनेमा आशावादी देखिएका छन् ।

भोलि अर्थात शनिबार नेपाल उद्योग बाणिज्य महासंघले २० औं नेतृत्वका लागि नयाँ कार्यसमिती प्राप्त गर्ने दिन । जसका लागि सम्पूर्ण तयारी पुरा भएको उद्योग वाणिज्य महासंघको निर्वाचन समितिले जानकारी दिएको छ । भोलि हुने निर्वाचनका लागि एक वरिष्ठ उपाध्यक्ष, तीन उपाध्यक्ष र ६० कार्यकारिणी सदस्यका लागि १ सय २७ जना चुनावी मैदानमा छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले संसारको कुनैपनि आकाशमा नेपालको हवाई उड्डयनलाई प्रतिवन्ध लगाउनु पर्ने कुनै औचित्य नभएको बताएका छन् । कोभिडको व्यापक संक्रमण भएको अवस्थामा पनि नेपालको एयरपोर्ट एक दिन पनि बन्द नभएको तथा नियमित उडान बन्द गरिए पनि एयरपोर्ट बन्द नभएकोले नेपालको उड्डयन क्षेत्रले आफ्नो क्षमता विश्व सामु देखाइसकेको मन्त्री भट्टराईको भनाई छ ।

Logo