काठमाडौँ

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र डलर बलियो हुँदा नेपाल आयल निगमले साढे चार महिनाको अवधिमा पौने चार अर्ब रुपैयाँ घाटा बेहोरेको छ । "/>

आयल निगमलाई चार महिनामा पौने चार अर्ब घाटा

आयल निगमलाई चार महिनामा पौने चार अर्ब घाटा

केन्द्रबिन्दु
0
Shares

काठमाडौँ

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्यवृद्धि र डलर बलियो हुँदा नेपाल आयल निगमले साढे चार महिनाको अवधिमा पौने चार अर्ब रुपैयाँ घाटा बेहोरेको छ । चालु आर्थिक वर्षको साउन देखि मंसिरसम्म करिब तीन अर्ब ८२ करोड रुपैयाँ घाटा भएको निगमले जनाएको छ ।

निगम स्वचालित मूल्य प्रणालीमा गए पनि चाडबाडको मौकामा मूल्य समायोजन नहुँदा निरन्तर धेरै घाटा बेहोर्नु परेको निगमका निमित्त कार्यकारी निर्देशक सुशील भट्टराईले बताए । भट्टराईका अनुसार निगम निरन्तर घाटामा गएपछि इन्डियन आयल कर्पोरेसनलाई भुक्तानी गर्न कठिन भएको छ । ‘गत वर्षको करिब तीन अर्ब नाफा सकिसकेको छ,’ भट्टराईले भने, ‘यो महिना भुक्तानी गर्न कठिन भएपछि दुई दिन ढिला भुक्तानी दिएका छौं ।’ सरकारले पेट्रोलियम पदार्थमा लगाउँदै आएको कर घटाए मूल्य घटेर निगमलाई पनि व्यवभार पर्दैन ।

घाटाको रकम निगमले मूल्य स्थिरीकरण कोषबाट समायोजन गर्न सक्ने व्यवस्था छ । निगमको मूल्य स्थिरीकरण कोषमा साढे तीन अर्ब रुपैयाँ छ । मूल्य स्थिरीकरण कोषबाट समायोजन गर्न निगम सञ्चालक समितिमा प्रस्ताव गरेको भट्टराईले बताए । ‘आइओसीलाई भुक्तानी गर्न कठिन भएपछि मूल्य स्थिरीकरण कोषबाट बेहोर्न प्रस्ताव गरेका छौं,’ उनले भने, ‘यही अवस्था रहे पेट्रोलियम पदार्थको आपूर्तिमा जटिलता आउन सक्छ ।’

अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य प्रतिब्यारेल ८५ डलरसम्म पुगेपछि निगमको घाटा पनि बढेको हो । पछिल्ला हप्ता भने घटेर प्रतिब्यारेल ७० डलरमा झरेको छ । ‘पछिल्ला हप्ता भाउ केही घटेकाले अर्को महिनासम्म सन्तुलनमा आउने अपेक्षा गरेका छौं,’ उनले भने ।

निगमलाई आइओसीबाट नोभेम्बर १६ मा प्राप्त मूल्य अनुसार पनि १५ दिनमा ४१ करोड ४० लाख रुपैयाँ घाटा हुने निगमले जनाएको छ । डिजेल र मट्टीतेलमामा प्रतिलिटर एक रुपैयाँ ९० पैसा, एलपिजी ग्यासमा प्रतिसिलिन्डर पाँच सय सात रुपैयाँ १४ पैसा घाटा रहेको निगमले जनाएको छ । डिजेलमा मात्र १४ करोड २६ लाख रुपैयाँ र ग्यासमा ६२ करोड ५० लाख रुपैयाँ घाटा रहेको निगमले जनाएको छ । पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ ६९ पैसा नाफा हुँदा १५ दिनमा नौ करोड ३८ लाख रुपैयाँ नाफा हुन्छ । पछिल्लो मूल्य अनुसार निगमको मासिक घाटा ८२ करोड ८० लाख रुपैयाँ रहेको भट्टराईले बताए ।
नागरिकबाट

Skip This
Skip This
Logo