ईभीको भविष्यलाई लिएर कन्सर्न हुँदाहुँदै पनि बैंकले लोन दिइरहेका छन् -अध्यक्ष कोइराला

ईभीको भविष्यलाई लिएर कन्सर्न हुँदाहुँदै पनि बैंकले लोन दिइरहेका छन् -अध्यक्ष कोइराला

केन्द्रबिन्दु
72
Shares

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले ईभीको भविष्यलाई लिएर विभिन्न दुबिधा उत्पन्न भए बाबजुत पनि बैंकहरुले ईभी गाडीमा लगानी बढाइरहेको बताएका छन् ।

नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आयोजना गरेको नाडा अटो डायलग २०८१ अन्तर्गतको ‘अटोमोबाइल क्षेत्रमा दीर्घकालीन तथा स्थिर नीति किन आवश्यक छ ? भन्ने शीर्षकमा बोल्दै उनले यस्तो बताएका हुन् । ‘बैंकहरुले ईभी गाडीमा अहिलेसम्म कति लगानी गरे भनेर तथ्यांक नभए पनि लोनको मात्रा बढाइरहेको पाइन्छ, लगानी बढाएता पनि यसको भविष्यलाई लिएर बैंकरहरुसँग धेरै कन्सर्न छन्,’ उनले भने ।

विश्वव्यापी यातायात प्रणाली बिस्तारै ईभीमा सिफ्ट भइराख्दा आगामी दिनमा यसको प्रयोग अझै बढ्ने आंकलन बैंकरहरुको रहेको कोइरालाले बताए ।

नेपाल राष्ट्र बैंकले पनि ईभीको बढ्दो प्रयोगलाई मध्यनजर गर्दै सोही अनुसारका लोन सम्बन्धी नीति नियम तर्जुमा गर्नुपर्ने उनको भनाई छ । ‘ईभीमा लोन दिँदै गर्दा भविष्यमा कस्तो हुन्छ भनेर कन्सर्न राख्ने गरेका छौं, ईभीमा ठूलो संख्यामा पब्लिक र प्यासेन्जर भएता पनि यसको पूर्वाधारमा आयातकर्ता र सरकारले गरेका लगानी हरेर बैंकहरु अघि बढ्नु पर्ने देखिन्छ,’ उनले भने ।

कोइरालाका अनुसार ए–क्लासका बैंकहरुले झण्डै १ सय १३ अर्ब जति लोन दिएका छन् । सबै बैंकहरूले गर्दा एक सय २९ लोन यातायात क्षेत्रमा गएको कोइरालाले बताए । जसमध्ये सबैभन्दा बढी ईभीतिरै लोन गएको उनको भनाई छ ।

‘ईभी नयाँ भएसम्म राम्रोसँग चल्ला, १/२ वर्ष पछि ब्याट्री, पाट्र्स लगायतका सामान बिग्रिएको खण्डमा कति रकम परिवर्तनको लागि लाग्ने त्यसका मूल्यांकन छैन,’ उनले भने । आयात गरेर ल्याएका गाडीहरूको मर्मत सम्भारमा लगाएको खर्च र म्यानपावरका विषयमा बैंकरहरुको छलफल भइरहेको कोइरालाले बताए ।

ईभीको लागि नीति नियम देश सुहाउँदो बनाए सञ्चालनको लागि उपयुक्त मापदण्ड बनाउन आवश्यक रहेको कोइरालाको तर्क छ । उनका अनुसार ईभीमा अहिले बैंकहरुले सहज फाइनान्स गरिरहेका छन् । ईभीको ब्याट्री लगायत मर्मत खर्चको आंकलन नगरी धेरैले गाडी किनिरहेको कोइरालाले बताए ।

केही वर्ष गाडी चलाएर मर्मत गर्दा ठूलो खर्च आएर पछि गाडी नै छोडेर हिँडेर बैंकहरु समस्यामा पर्ने संङ्का बैंकहरुमा रहेको कोइरालाले बताए । ‘चाइनामा गयो १/२ वटा गाडी लिएर आयो, अनि यहाँ बिक्री सुरु गर्यो, त्यसको ब्रान्ड, त्यसको अवस्था नबुझ गाडी ल्याउँदा समस्या पर्न सक्छ, त्यसैले लामो समयदेखि अटोमोबाइल क्षेत्रमा काम गरिरहेलाई मात्र ईभीको आयात गर्न दिने हो कि ?’ उनले भने ।

Logo