टेल्जीको नयाँ स्पोर्टी विद्युतीय स्कुटर ‘एस २’ नेपाली बजारमा

टेल्जीको नयाँ स्पोर्टी विद्युतीय स्कुटर ‘एस २’ नेपाली बजारमा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नेपाली बजारमा टेल्जीको नयाँ स्पोर्टी विद्युतीय स्कुटर ‘एस २’ भित्रिएको छ ।

टेल्जी स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता योम माई मोटर्स प्रालिले नक्सालस्थित शोरुममा एक कार्यक्रमका बीच पावरफुल साथै स्पोर्टी डिजाइन भएको उक्त स्कुटर सार्वजनिक गरेको हो ।

यस स्कुटरको फ्रन्टमा एग्रेसिभ डिजाइन रहेको छ । फ्रन्टमा सानो साइजको भाइजर, एलइएडी डीआरएल र ट्वीन पड हेड ल्याम्प छ । एस २ स्कुटरमा कम्पनीले ३ किलोवाट रेटेड पावरको मोटर उपलब्ध छ ।

स्कुटरको टप स्पीड ७५ किलोमिटर प्रतिघण्टाको छ भने यो स्कुटरको १६ डिग्री क्लाइम्ब क्षमता छ । यसमा कम्पनीले ७२ भोल्ट ३८ एम्पियर अवारको ग्राफिन ब्याट्री दिइएको छ । यो स्कुटरलाई एकपटक फुल चार्ज गरेर १०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ ।

यो स्कुटरको अगाडि पछाडि दुवैतर्फ डिस्क ब्रेकका साथै कम्बाइन ब्रेकिङ सिस्टम समेत दिएको छ । यसको मूल्य २ लाख ६८ हजार रुपैयाँ तोकिएको कम्पनीको भनाइ छ ।

Logo