नबिल बैंकको नाफामा छलाङ, कमायो ५ अर्ब ५ करोड नाफा

नबिल बैंकको नाफामा छलाङ, कमायो ५ अर्ब ५ करोड नाफा

केन्द्रबिन्दु
12
Shares

काठमाडौं । नबिल बैंकले चालु आर्थिक वर्ष २०८१/८२ को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक उक्त वित्तीय विवरणले नबिल बैंकको नाफा ८.२१ प्रतिशतले बढेर ५ अर्ब ५ करोड १४ लाख रुपैयाँ पुगेको देखिएको हो ।

बैंकले गत आर्थिक वर्ष २०८०/८१ को तेस्रो त्रैमाससम्म ४ अर्ब ६६ करोड ८० लाख रुपैयाँ नाफा कमाएको थियो । कम्पनीको खुद ब्याज आम्दानी भने ३.९५ प्रतिशतले घटेर १२ अर्ब ५ करोड ४४ लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैंकको उक्त आम्दानी १२ अर्ब ५५ करोड रुपैयाँ रहेको थियो ।

यस अवधिमा बैंकको कर्जा मात्रै २७ अर्ब ५९ करोडले बढेको हो । बैंकको कर्जा मात्रै नभएर निक्षेप पनि ८.६६ प्रतिशत अर्थात् ४० अर्बले बढेर ५ खर्ब २ अर्ब ११ करोड पुगेको छ ।

बैंकको स्प्रेड दर घटेको कारण खुद ब्याज आम्दानी घटेको हो । गत आर्थिक वर्षको तेस्रो त्रैमासमा ४ प्रतिशत रहेको बैंकको स्प्रेड दर चालु आवको तेस्रो त्रैमासमा ३.५७ प्रतिशतमा झरेको हो । जसले व्यवसाय विस्तार गर्दा पनि बैंकको खुद ब्याज आम्दानी ३.९६ प्रतिशतले घटेर १२ अर्ब ५ करोड ४४ लाखमा झरेको हो ।

निष्क्रिय कर्जा बढेसँगै बैंकले चैत मसान्तसम्म सम्भावित कर्जा नोक्सानीको लागि २ अर्ब २९ करोड ३२ लाख रुपैयाँ छुट्याएको छ ।

गत आवको यस अवधिमा बैंकले सम्भावित कर्जा नोक्सानीको लागि ३ अर्ब २३ करोड ५९ लाख रुपैयाँ छुट्याएको थियो । आम्दानी घटे पनि र कर्जा नोक्सानी व्यवस्थाको लागि छुट्याएको रकम घट्दा बैंकको नाफामा वृद्धि भएको हो । बैंकको सञ्चालन नाफा ६ अर्ब ६८ करोड ४२ लाख रुपैयाँबाट बढेर ७ अर्ब ६२ करोड २३ लाख रुपैयाँ पुगेको छ । कम्पनीको कुल सञ्चालन आम्दानी पनि १५ अर्ब २९ लाख रुपैयाँ पुगेको छ ।

बैंकको वितरणयोग्य मुनाफा १ अर्ब ५४ करोड ७० लाख रुपैयाँबाट बढेर २ अर्ब ८७ करोड ४१ लाख रुपैयाँ पुगेको छ । बैंकको खराब कर्जा भने४.९६ प्रतिशतबाट घटेर ४.०४ प्रतिशत पुगेको छ । समिक्षा अवधिमा बैंकको चुक्ता पूँजी २७ अर्ब ५ करोड ६९ लाख रुपैयाँ रहेको छ भने जगेडा कोष सञ्चिति ३१ अर्ब ३१ करोड ५५ लाख रुपैयाँ रहेको छ ।

चैत मसान्तसम्मको अवधिमा बैंकको प्रतिशेयर आम्दानी २३.२४ रुपैयाँबाट बढेर २५.०५ रुपैयाँ र प्रतिशेयर नेटवर्थ २२६.३६ रुपैयाँ रहेको छ । बैंकको चुक्ता पुँजी २७ अर्ब ५ करोड ७० लाख रुपैयाँ छ । बैंकको जगेडा कोषमा ३१ अर्ब ३१ करोड ५५ लाख रुपैयाँ पुगेको छ ।

Skip This
Skip This
Logo