काठमाडौं । नेपालमा इलेक्ट्रिक सवारी साधन (ईभी) को आयातमा उल्लेखनीय वृद्धि भएको छ । प्रयोगकर्ताबाट ईभीको उच्च माग, सरकारले यसमा दिएका सहुलियत र सोही अनुसारका पूर्वाधार विकास हुँदा आयात वृद्धि हुँदै गएको हो ।
भन्सार विभागका अनुसार विभिन्न क्षमताका आर्थिक वर्ष २०८१/८२ को साउनदेखि चैत्रसम्म ७ हजार ९ सय ६७ वटा ईभी गाडी आयात भएका छन् । उक्त संख्यामा इलेक्ट्रिक कार, जीप र भ्यान आयात हुँदा ७ हजार ९ सय ८२ वटा तीन पाङ्ग्रे सवारी आयात भएको विभागले उल्लेख गरेको छ ।
चार पाङ्ग्रे ईभी सो-सरह नै ईभीमा तीन पाङ्ग्रे आइराख्दा अब सानादेखि ठुलासम्म सवारी ईभी हुने आंकलन गर्न सकिन्छ । विभागको तथ्यांकले ५० किलोवाट क्षमताका ईभी २७ सय ८३, ५१ देखि १०० किलोवाट क्षमताका ४४ सय १४ र १०१ देखि २०० किलोवाट क्षमताका ७४२ वटा गाडीको आयात भएको देखाएको छ ।
यस्तै, २०१ देखि ३०० किलोवाटसम्मको १७ र ३०० किलोवाट माथिको दुई वटा गाडी आयात भएको विभागको जानकारी दिएको छ । भन्सार विभागका अनुसार तीन र चार पाङ्ग्रे गरी १९ अर्ब ४४ करोड ९० लाख ७६ हजार रुपैयाँ मूल्य बराबरको उक्त गाडीको आयात भएको हो ।
उक्त मूल्यको गाडी आयात हुँदा सरकारले ११ अर्ब ७५ करोड ८२ लाख ३६ हजार रुपैयाँ राजश्व बुझेको विभागले देखाएको छ । नेपालमा ईभी गाडीलाई सरकारले प्राथमिकता दिनुका साथै आवश्यक पूर्वाधार निर्माण गर्नले ईभीको प्रयोग बढ्दै गएको छ ।
सरकारले ईभी आयातमा कर र भन्सार महसुलमा सहुलियत प्रदान गरेको छ । आर्थिक वर्ष २०७८/७९ मा ईभी आयातमा ८० प्रतिशतसम्मको अन्तःशुल्क र ४० प्रतिशतसम्मको भन्सार महसुल लगाइएको थियो । तर, यसपछि यी करहरू घटाएर प्रोत्साहनको नीति अपनाइयो, जसले गर्दा ईभीको आयातमा वृद्धि भएको हो ।
ईभीको सञ्चालन खर्च पेट्रोल र डिजेल गाडीको तुलनामा कम छ । नेपालमा इन्धनको मूल्य वृद्धि भएकोले उपभोक्ताहरू ईभीतर्फ आकर्षित भएका छन् । सरकार र निजी क्षेत्रले चार्जिङ स्टेसनहरूको संख्या वृद्धि गरेका छन् । नेपाल विद्युत् प्राधिकरणले ५१ वटा फास्ट चार्जिङ स्टेसन सञ्चालनमा ल्याएको छ, र निजी क्षेत्रले पनि चार्जिङ पोर्टहरूको संख्या बढाएका छन् ।
भन्सार विभागका अनुसार अहिले सबै भन्दा बढी चीनबाट ईभी आयात हुँदै आएका छ ।































प्रतिक्रिया