कार्लोसको नेपाल भ्रमणभर सीजी मोटर्सले एक्सपेङ जी-६ ईभी उपलब्ध गराउने

कार्लोसको नेपाल भ्रमणभर सीजी मोटर्सले एक्सपेङ जी-६ ईभी उपलब्ध गराउने

केन्द्रबिन्दु
108
Shares

काठमाडाैं । ब्राजिलका महान फुटबलर रोबर्टो कार्लोसको नेपाल भ्रमणलाई सहज र सुरक्षित बनाउन सीजी मोटर्सले आफ्नो अत्याधुनिक इलेक्ट्रिक गाडी एक्सपेङ जी-६ उपलब्ध गराएको छ।

नेपाल सुपर लिगको आधिकारिक मोबिलिटी पार्टनरको रूपमा, सीजी मोटर्सले कार्लोसको सम्पूर्ण नेपाल बसाइमा एक्सपेङ जी-६ प्रयोग गरेकाे हाे । नेपालको फुटबललाई अन्तर्राष्ट्रिय स्तरमा थप परिचित गराउने र नयाँ उचाइमा पुर्‍याउने लक्ष्यका साथ आयोजना भइरहेको नेपाल सुपर लिगसँग सहकार्य गर्न पाउँदा सीजी मोटर्स गौरवान्वित भएको छ।

एक्सपेङ जी-६ उच्च प्रविधि र उत्कृष्ट कार्यक्षमताको प्रतीक हो। यो गाडी तीव्र गति, विद्युतीय दक्षता र आधुनिक डिजाइनको संयोजन हो। यसको ० देखि १०० किलोमिटर प्रतिघण्टाको गति लिने क्षमता ६.६ सेकेन्ड मात्र रहेको छ भने एक पटकको चार्जमा ४३५ किलोमिटरसम्मको रेन्ज प्रदान गर्दछ। यी विशेषताहरूले एक्सपेङ जी-६ लाई सहरी तथा लामो दूरीको यात्राका लागि पनि उपयुक्त बनाएको छ।

सुरक्षाको दृष्टिकोणबाट पनि एक्सपेङ जी-६ उत्कृष्ट रहेको छ । यसले ५-स्टार एनक्याप सुरक्षा रेटिङ प्राप्त गरेको छ। साथै, यसमा स्वचालित ड्राइभिङ प्रविधि, शक्तिशाली १९० किलोवाटको मोटर र ४४० एनएमको टर्क जस्ता विशेषताहरू रहेका छन्, जसले यात्रालाई थप आरामदायी र सुरक्षित बनाउँछ।

रोबर्टो कार्लोस जस्तो विश्वचर्चित व्यक्तित्वले एक्सपेङ जी-६ को अनुभव गर्नु सीजी मोटर्स र यो गाडी दुवैका लागि गौरवको विषय हो। यसले नेपाली बजारमा एक्सपेङ जी-६ को विश्वसनीयता र क्षमतालाई थप उजागर गर्ने विश्वास लिइएको छ।

Skip This
Skip This
Logo