स्मार्ट टेलिकमले डबल डाटा अफर ल्याएको छ । यस योजनाअन्तर्गत स्मार्टको डाटा खरिद गर्दा वा रिचार्ज कार्डको खरिदमा डबल डाटा प्राप्त गर्न सकिने छ ।
‘५ सय एमवी, १ जिबी, २ जिबी र ५ जिबी डाटा प्याकजुनप्याकखरिद गरिन्छ सोहीअनुसार थप ५०० एमवि, १ जिबी, २ जिबी र ५ जिबी डाटा प्याकप्राप्तगर्न सकिन्छ ।’ कम्पनीले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । त्यस्तै २ सय एमबीदेखि ३ जिबीसम्म रिचार्ज मार्फत अतिरिक्त डाटा पाइने छ । एक सय रुपैंयाको रिचार्ज गर्दा, ग्राहकलाई ९८.०४ रुपैयाँ मेन ब्यालेन्स प्राप्त हुनेछ भने २०० एमबीमा २ सय एमबी डाटा, १० मिनेट टकटाइम र १० वटा एस एम एस को थप लाभ पाइने छ ।
त्यसै गरी २ सयको रिचार्ज गर्दा १९६.०८ रुपैयाँ मेन ब्यालेन्स प्राप्त हुनेछ भने ४ सय एमबी डाटा, २० मिनेट टकटाइम र २० वटा एस एम एस को थपलाभपाइने छ भने रु ५०० को रिचार्ज गर्दा ४९०.२० रुपैयाँ मेन ब्यालेन्स प्राप्तहुने छ भने १.५ जिबी ं १.५ जिबी डाटा, सय मिनेट टकटाइम र १ सय वटा एसएमएसको थप लाभ पाइने छ ।
त्यस्तै एक हजार रुपैंयाको रिचार्ज गर्दा ९८०.४० रुपैयाँ मेन ब्यालेन्स प्राप्त हुने छ भने ३ जिबी र ३ जिबी डाटा, २ सय मिनेट टकटाइम र २ सय वटा एसएमएसको थप लाभ पाइने छ । यो योजना स्मार्टको “फ्रिडम क्याम्पेन”अन्तर्गत प्रस्तुत गरिएको हो । स्मार्ट सेल १ जुलाई २००८ मा स्थापनाभई नेपालका दुर्गम क्षेत्रहरुमा सेवाप्रदानगर्दै आएको छ ।





























प्रतिक्रिया