काठमाडौं । नेपालमा सर्वाधिक रुचाइएको प्रिमियम ईभी ब्रान्ड दिपलले ग्राहकहरुका लागि विशेष प्रि–बजेट अफर ल्याएको छ ।
दिपलको आधिकारिक वितरक एमएडब्लु वृद्धि अटोकर्पले ‘अनमिसेबल’ नाम दिइएको यो योजना अन्तर्गत दिपल ईभी खरिदमा आकर्षक नगद छुट, पुरानो गाडीसँग एक्सचेन्जमा थप लाभ, आर्थिक वर्ष २०८२/८३ को निःशुल्क सडक कर, र कम्प्रिहेन्सिभ बीमा जस्ता सुविधाहरु प्रदान गर्ने भएको हाे ।
यो अफरले ग्राहकहरुलाई अझ सहज र किफायती मूल्यमा दिपलको अनुभव गर्ने अवसर प्रदान गर्ने कम्पनीकाे दाबी छ ।
कम्पनीले २० प्रतिशत डाउनपेमेन्ट र ८.९९ प्रतिशत ब्याजदरको फाइनान्स सुविधा पनि उपलब्ध गराएको छ, जसले धेरैको लागि दिपल ईभीको सपना साकार पार्न मद्दत गर्नेछ।
वैशाख १० गतेदेखि ४५ दिनसम्म चल्ने यो अफरमा ७ किलोवाटको वाल चार्जर र ३ किलोवाटको पोर्टेबल चार्जर निःशुल्क पाइनेछ । बजारमा ईभीको मूल्य बढ्ने सम्भावनालाई मध्यनजर गर्दै, एमएडब्लु वृद्धिले यो नै दिपल ईभीलाई पुरानै मूल्यमा प्राप्त गर्ने उत्तम मौका भएको दाबी गरेकाे छ ।
नेपाली बजारमा दिपलका एस०७, एस०७ एल, एल०७ र ई०७ जस्ता मोडेलहरु उपलब्ध छन् । एक वर्षभित्रै ८०० भन्दा बढी युनिट बिक्री गरेर दिपल नेपालको नम्बर १ लक्जरी ईभी ब्रान्ड बनेको छ ।































प्रतिक्रिया