काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उतारचढाव देखिएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार साताको पहिलो दिन आइतबार छापावाल सुनको मूल्य तोलामा एक सय रुपैयाँले बढेर एक लाख ८९ हजार सात सय रुपैयाँ कायम भएको हो । गएको शुक्रबार सुनको मूल्य एक लाख ८९ हजार छ सयमा कारोबार भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । आज प्रतितोलामा १० रुपैयाँले घटेर एक हजार ९९० रुपैयाँ कायम भएको महासङ्घको भनाइ छ ।





























प्रतिक्रिया