काठमाडौं । सरकारले आर्थिक वर्ष २०८२/८३ देखि २०९१/९२ लाई आन्तरिक रोजगारी दशक घोषणा गरेको छ ।
शुक्रबार नीति तथा कार्यक्रम वाचन गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले आन्तरिक रोजगारी विस्तार गर्ने उद्देश्यसहित सरकारले यो घोषणा गरेका छन् । आधारभूत श्रम मापदण्डको कार्यान्वयन, दक्ष जनशक्तिको पलायन रोक्ने, देशभित्रै उद्यामशीलता विकास गरी युवा रोजगारी सिर्जना गर्न यस्तो घोषणा गर्न लागिएको हो ।
साथै वैदेशकि रोजगारीलाई समेत सुरक्षित र व्यवस्थित बनाउन आवश्यक कानूनी व्यवस्था र मापदण्ड बनाउने समेत उल्लेख गरिएको छ ।































प्रतिक्रिया