ट्रायम्फ राइडरहरूको ८ दिने “एपिक राइडः इकोज अफ दि लस्ट किङ्डम” सफलतापूर्वक सम्पन्न

ट्रायम्फ राइडरहरूको ८ दिने “एपिक राइडः इकोज अफ दि लस्ट किङ्डम” सफलतापूर्वक सम्पन्न

केन्द्रबिन्दु
21
Shares

काठमाडौं । ट्रायम्फ राइडरहरूको ८ दिने “एपिक राइडः इकोज अफ दि लस्ट किङ्डम” सफलतापूर्वक सम्पन्न भएको छ ।

नेपालका लागि ट्रायम्फ मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एन्ड कम्पनी प्रालिले आयोजना गरेको उक्त राइडमा ४० जना ट्रायम्फ राइडरहरू सहभागी थिए, उनीहरुले १ हजार किलोमिटरभन्दा बढीको दूरी पार गरे ।

सो क्रममा राइड ट्रायम्फ नेपाल शोरुमबाट सुरु भएर मुस्ताङको राजधानी लो–मान्थाङ, कोरला सीमा र अन्नपूर्ण माउन्टेन भ्यु पोइन्टको अवलोकन, तातोपानी पुगेर तातो पानीको कुन्ड पुगेर राइड सम्पन्न भएको थियो ।

यस राइडले नेपालको सांस्कृतिक सम्पदा प्रवद्र्धन, स्थानीय व्यवसायहरूलाई टेवा र दुई पांग्रे पर्यटनको बढ्दो सम्भावनालाई उजागर गरेको ट्रायम्फ नेपालका म्यानेजर सागर थापाले बताए ।

Skip This
Skip This
Logo