सुनको मूल्य बढ्यो

सुनको मूल्य बढ्यो

केन्द्रबिन्दु
204
Shares

काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ ।

अघिल्लो दिनको तुलनामा प्रतितोला ५ सय रुपैयाँले सुनको मूल्य बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । आज छापावाल सुन प्रतितोला ५ सयले बढेर एक लाख ८४ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यसअघि आइतबार सुन तोलाको एक लाख ८४ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । आज चाँदी भने तोलामा स्थिर रहेको छ । आइतबार १९१० रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोवार भइरहेको महासंघले जनाएको छ ।

Logo