काठमाडौं ।
शेयर बजार परिसूचक नेप्से हालसम्मकै उच्च विन्दुमा पुगेको छ । बिहीवार कारोबार भएको २ घण्टाको अवधिमा १ हजार ९०८ दशमलव १३ बिन्दुमा पुगेको छ ।
आज नेप्सेले यस अघिको उच्च बिन्दु १ हजार ८८१ बिन्दु पार गरेर कीर्तिमानी उचाईमा पुगेको हो । यस अवधिमा १९० वटा कम्पनीका ४ अर्ब १५ करोड ६२ लाखभन्दा बढीको शेयर खरीदविक्री भएको छ ।
आज कारोबारमा आएका १२ समूह मध्ये सबैभन्दा बढी बैकिङ समूहको परिसुचक २ दशमलव ८८ प्रतिशत वृद्धि भएको छ । बुधबार पनि नेप्से झण्डै ६५ अंकले बढेको थियो ।































प्रतिक्रिया