नेपाल शेयर बजार लगानीकर्ता संघद्वारा आगामी कार्ययोजना प्रस्तुत

नेपाल शेयर बजार लगानीकर्ता संघद्वारा आगामी कार्ययोजना प्रस्तुत

केन्द्रबिन्दु
27
Shares

काठमाडौं । नेपाल शेयर बजार लगानीकर्ता संघको पहिलो पत्रकार सम्मेलन सफलतापूर्वक सम्पन्न भएको छ।

महासचिव रविन कँडेलद्वारा उद्घोषित उक्त कार्यक्रममा विशिष्ट अतिथिहरूले शुभकामना मन्तव्य व्यक्त गरे । लगानीकर्ता सुभाष चन्द्र भट्टराईले संघले लगानीकर्ताहरूको हकहितका लागि महासंघको अवधारणामा काम गर्ने र शेयर बजारका सम्भावना तथा चुनौतीहरूलाई आम लगानीकर्तामाझ पुर्‍याउने विश्वास व्यक्त गरे ।

वरिष्ठ आर्थिक पत्रकार नवराज चालिसेले शुभकामना मन्तव्यमार्फत प्रो–पब्लिक संस्थाको आवश्यकताबारे विचार राखे ।

संस्थाका अध्यक्ष केशव प्रसाद श्रेष्ठले संघ स्थापनाको उद्देश्य, संगठनात्मक संरचना र भविष्यका योजनाहरूबारे प्रष्ट पारे । कार्यक्रम वरिष्ठ उपाध्यक्ष किशोर पौड्यालको स्वागत मन्तव्यबाट सुरु भएको थियो। कार्यक्रममा सहभागी पत्रकारहरूका प्रश्नहरूको जवाफ दिइएको थियो।

पत्रकार सम्मेलनमा नेपाल शेयर बजार लगानीकर्ता संघको भविष्यका कार्ययोजनालाई प्रभावकारी रूपमा प्रस्तुत गरिएको बताइएकाे छ।

Skip This
Skip This
Logo