काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले उत्पादनमा आधारित कृषि कागजमा मात्र सिमित भएको बताएका छन् ।
मंगलबार आर्थिक रुपान्तरणको मार्गचित्र विषयक कार्यक्रममा बोल्दै उनले देश कृषि प्रधान भएको तर त्यसमा बजेट पनि कम हुने त्यो पनि कार्यान्वयनमा नजाने बताएका हुन् ।
‘विनियोजनको मुख्य कुरा यो बजेटमा आउनुपर्छ र त्यसलाई कडाईका साथ पालना गर्नुपर्छ । उत्पादनमा आधारित कृषि भन्छौं तर उत्पादन देखाउ न कागजी देखाएर हुँदैन तीन पटकसम्म घुमाईफिराई त्यही कागजी मात्र त्यो नी बल्ल आयो तर कार्यान्वयनमा जाला न जाला मलाई लाग्छ यो कृषिको क्षेत्रमा लागानी नै छैन कर पनि आउदैन,’ उनले भने ।
महतले विदेशी लगानीकर्तालाई लगानीको वातावरण बनाइदिनुपर्ने बताए ।































प्रतिक्रिया