केन्द्रबिन्दु बुलेटिन : सरकारकै कारण नेपालमा ५८ प्रतिशत भ्रष्टाचार बढेको ट्रान्सफरेन्सीको प्रतिवेदन (भिडियो)

केन्द्रबिन्दु बुलेटिन : सरकारकै कारण नेपालमा ५८ प्रतिशत भ्रष्टाचार बढेको ट्रान्सफरेन्सीको प्रतिवेदन (भिडियो)

केन्द्रबिन्दु
0
Shares

काठमाडौं ।

केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गर्छौं । आजका प्रमुख पाँच समाचारहरु मध्ये नेपालमा भ्रष्टाचार बढेको ट्रान्सफरेन्सी इन्टरनेशनलले जनाएको छ । अनुसन्धानमा सहभागीमध्ये ८४ प्रतिशत नेपालीले भ्रष्टाचारको मूल कारण सरकार भएको बताएका छन् ।

चितवन राष्ट्रिय निकुञ्जले गैंडा तस्करको अभियोग लागेर सजाय भुक्तान गरेकाहरुलाई गैंडा संरक्षणमा लाग्न प्रेरित गरेको छ । निकुञ्जमा गैंडा संरक्षणको चुनौति बढीरहेको बेला निकुञ्ज प्रशासनले यस अघि तस्करमा लागेर सजाय भुक्तान गरेका चेपाङ समुदायका केही व्यक्तिहरुलाई गैंडा संरक्षणमा प्रेरित गरेको हो ।

शेयर बजार परिसूचक नेप्से झण्डै ६५ अंकले बढेको छ । कारोबारमा साताको चौथो दिन बुधबार नेप्से परिसूचक ६४ दशमलव ७० अंकले बढेर १ हजार ८ सय ७४ दशमलव ८१ अंकमा बन्द भएको हो ।

यस्तै विश्वभर महामारीकारुपमा फैलिएको कोरोना भाइरसको संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या १ हजार ३२८ जना पुगेको छ । आज अहिलेसम्मकै धेरै अर्थात २४ घण्टामा २८ जनाको मृत्यु भएको हो ।

अमेरिकाले फाइजर कम्पनीद्वारा निर्मित कोभिड–१९ को खोप वितरण गर्ने योजना अघि सारेको छ । अमेरिकी नियामक निकायबाट आपतकालीन प्रयोगका लागि स्वीकृति पाए लगत्तै सम्भवत डिसेम्बरमा यो खोप पहिलो चरणमा ६४ लाख व्यक्तिमा लगाइने छ । भिडियो :

Skip This
Skip This
Logo