पल्सर एन१२५ लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

पल्सर एन१२५ लहानमा सांगीतिक कार्यक्रमसहित लन्च हुँदै

केन्द्रबिन्दु
0
Shares

काठमाडाैं । नेपालमा बजाज मोटरसाइकलको एकमात्र आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि.ले लहानमा पल्सर एन१२५ को बहुप्रतीक्षित सार्वजनिक कार्यक्रम आयोजना गर्दैछ।

बजाज आफ्नो आकर्षक लन्च कार्यक्रमहरूका लागि परिचित छ, र यसपटक पनि त्यही शैलीलाई निरन्तरता दिँदै, नयाँ पल्सर एन१२५ को लन्च संगीतमय साँझ मार्फत गरिँदैछ।

जेठ ७ गते साँझ ६ः३० बजेदेखि चौधरी होटल, लहानमा हुन गईरहेको यस कार्यक्रममा प्रवेश निशुल्क हुनेछ। कार्यक्रममा चर्चित नेपाली कलाकारहरू सुगम पोखरेल र मानियाको लाइभ प्रस्तुति रहनेछ। कार्यक्रमको संचालन एम्सी अनु मानन्धरले गर्नेछन् ।

कार्यक्रमको मुख्य आकर्षण नयाँ पल्सर एन१२५ हो, जसमा १२४.५८ सिसी एयर-कुल्ड, सिंगल सिलिन्डर इञ्जिन छ, जसले ८.८२ किलाेवाट पावर र ११ एनएम टर्क उत्पादन गर्दछ। यो १२५ सिसी सेग्मेन्टमा पावर र स्टाइलको उत्कृष्ट संयोजन हो।

हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा.लि. का मार्केटिङ प्रमुख अमितराज चालिसेले भने “एन१२५ लाई लहानमा ल्याउन पाउँदा उत्साहित हुनुका साथै ठूलो संख्यामा दर्शक र राइडरहरूको उपस्थिति अपेक्षा रहेको छ ।”

Skip This
Skip This
Logo