काठमाडौं । युनाइटेड सिमेन्ट्सले धुनिवेशी नगरपालिका–९ को सहकार्यमा महिलाहरूलाई निःशुल्क तीनमहिने आधारभूत र दुईमहिने एड्भान्स सिलाइ–कटाइ प्रशिक्षण दिएको छ ।
धुनिवेशी नगरपालिका–९, जुगेडीमा रहेको केएल दुगड समूहअन्तर्गतको युनाइटेड सिमेन्ट्स लिमिटेडले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत ४२ जना स्थानीयलाई तालिम दिएको हो । यस कार्यक्रमको उद्देश्य महिलाहरूलाई आत्मनिर्भर बनाउँदै उनीहरूको आर्थिक सशक्तिकरणमा योगदान पुर्याउनु रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रमको उद्घाटन गर्दै युनाइटेड सिमेन्ट्स लिमिटेडका महाप्रबन्धक हरिकुमार उप्रेतीले कम्पनीले जहिले पनि व्यावसायिक लक्ष्यसँगै सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्ने बताए । यस्तो तालिमले महिलाहरूमा आत्मविश्वास अभिवृद्धि गर्दै आयआर्जनका नयाँ अवसर सिर्जना गर्न मद्दत पुर्याउने बताए ।
सोहि अवसरमा धुनिवेशी नगरपालिका वडा नं. ९ का वडाअध्यक्ष एवं तालिम समापन कार्यक्रमका सभापति सिलवालले युनाइटेड सिमेन्ट्स लिमिटेडलाई धन्यवाद व्यक्त गर्दै महिलाहरूलाई लक्षित गर्दै सञ्चालन गरिएको यो तीन महिने आधाभूत र दुई महिने एडभान्स् तालिम कार्यक्रमले उनीहरूको जीवनस्तर सुधार्न र आर्थिक रूपमा सशक्त बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने कुरा बताए ।
सो कार्यक्रम धुनिबेशी न.पा.का नगर प्रमुख बालकृष्ण आचार्यको प्रमुख आतिथ्यमा सम्पन्न भएको थियो ।





























प्रतिक्रिया