काठमाडौं । एनआईसी एसिया बैंक लिमिटेडको कर्पोरेट कार्यालय कमलादी, काठमाडौं–२८ स्थित आफ्नै भवनमा स्थानान्तरण भएको छ ।
उक्त नवनिर्मित भवनमा वैदिक सनातन विधिपूर्वक पूजा अर्चना गरि बैंक सञ्चालक समितिका अध्यक्ष तुलसीराम अग्रवालले उद्घाटन गरेका हुन् । समारोहमा बैंक सञ्चालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत तथा बैंकका उच्चपदस्थ अधिकारीहरुको उपस्थिति रहेको थियो।
नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी यसअघि रहेको थापाथली, काठमाडौं–११ स्थित ट्रेड टावरबाट प्रमुख कार्यकारी अधिकृतको कार्यालय, अन्य कार्यकारी अधिकृतहरुको कार्यालय लगायत विभिन्न विभागहरू आफ्ना सम्पूर्ण सेवा तथा सुविधाहरू कमलादीस्थित कर्पोरेट कार्यालयबाट प्रदान गर्ने गरी कर्पोरेट कार्यालय स्थानान्तरण भएको बैंकले जनाएको छ।
कार्यालय स्थानान्तरण भएसँगै ग्राहक तथा सरोकारवालाहरूले उक्त स्थानबाट बैंकले प्रदान गर्ने सम्पूर्ण सेवाहरु थप सहजताका साथ प्राप्त गर्नेछ भन्ने विश्वास बैंकले लिएको छ।































प्रतिक्रिया