काठमाडौं ।
नेपाली बजारमा आज पनि सुनको मूल्य घटेको छ । आज सुन १ हजारले घटेर ९१ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यो साताको पहिलो दिन आइतबार सुन ३०० रुपैयाँले बढेको थियो । आइतबार सुन प्रतितोला ९४ हजार ३०० मा कारोबार भएकोमा सोमबार स्थिर हुँदै सोही मूल्यमा कारोबार भएको थियो । मंगलबार भने १ हजार ८ सयले घटेको थियो । आज पनि १ हजारले घटेर सुन ९१ हजार ५ सयले घटेको छ ।
यस्तै सुन शुक्रबार ९४ हजारमा कारोबार भएको थियो । महासंघका अनुसार आज छापावाला सुनको मूल्य ९१ हजार ५०० र तेजाबी सुनको मूल्य ९१ हजार कायम रहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँले घट्दै १ हजार १७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।





























प्रतिक्रिया